विविधता (जातीयता): विविध भाषा र संस्कृतिको रक्षा गर्दै नेपालीलाई एकीकृत बनाई राख्ने नीति अल्पकालमा: जातीगत होइन, सिमान्त...
जातीगत होइन, सिमान्तकृत नागरिकहरुको लागि समुन्नती र सम्मानको अवसर सिर्जना गर्ने।
भाषा र संस्कृतिका हरेक संघ (प्रदेश/क्षेत्र) भित्र १ /१ संग्राहलय र प्रत्येक अंचलमा स्थानिय भाषाहरुको अनुसन्धानलय र पाठशाला निर्माण गर्ने।
राष्ट्रियता बलियो हुने सदभाव कार्यक्रम र रणनीतिमा जोड दिने - विशेष गरि खेलकुद, संगीत र अान्तरिक पर्यटन।
जातीय भेदभाव अन्त्य गर्न कानुनी परिपालना कडाईका साथ पालना गर्ने ।
मध्यमकालमा : शिक्षा, उद्योग र रोजगारमा समान अवसरको सिर्जना गर्ने।
दीर्घकालमा : “विविधतामै एकता”लाई संस्थागत गर्ने।समग्रमा: हामी विविधताबीच एकतामा विश्वास गर्छौँ। सिमान्तकृत नागरिकहरुको लागि समुन्नती र सम्मानको अवसर सिर्जना गर्नुपर्ने अडान लिएका छौँ। जातहरुको मौलिकतालाई सम्मान गर्दै हामी अब नेपालीहरुलाई एक बनाउन बाटो - समान संमृद्धि - मा केन्द्रित हुन्छौँ।
COMMENTS