[col] XX तपाईँ को हुनुहुन्छ ? हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विवेकशील नेपालीहरूको नयाँ राजनीतिक दल हौँ । नेपाललाई शान्त र संवृद...
[col]
XX
तपाईँ को हुनुहुन्छ ?
हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विवेकशील नेपालीहरूको नयाँ राजनीतिक दल हौँ । नेपाललाई शान्त र संवृद्ध बनाउन आवश्यक स्पष्ट मार्गदिशा र तागत हामी संग छ । हामी वर्तमान अक्षम राजनीतिक शक्तिहरूको दासत्व शिकार हुँदै आएका छौं । यो दासत्त्वको विरुद्ध हामी सकृय रूपले लाग्नेछौं ।
तपाँई के गर्दै हुनुहुन्छ ?
हामीले एउटा यस्तो राजनीतिक दल बनाउँदैछौ जसले अहिलेका अनैतिक र गैर जिम्मेवार राजनीतिक शक्तिहरूको दासत्त्वबाट आम नेपालीहरूलाई स्वतन्त्र तुल्याउँन र उनीहरुलाई समृद्ध नेपाल बनाउन प्रेरित गर्नेछ । हामी अहिले यस दलका लागि आवश्यक साङ्गठनिक पूर्वाधारको विकासमा केन्द्रित छौँ ।
यो किन गर्दै हुनुहुन्छ ?
अहिले नगरे कहिले ? हामीले नगरे कसले ? हामीलाई सधैँ भरि पीडित भई बस्न मन छैन । अब हामी चुप बस्न सक्दैनौं । त्यसैले हामी नै यो समस्याको हल गर्न अगाडि बढेका छौं । रुख रोप्ने सबैभन्दा ठीक बेला २० वर्ष अघि थियो। त्यस पछिको ठीक बेला भनेको अहिले हो। अब पनि सहेर बस्यौँ भने त हामी जिउंदै मरेतुल्य हुन्छौँ त्यसैले यो जिवन सफल बनाउनु छ भने आजैबाट यो देशको संमृद्धिको लागि पसिना चुहाउनु र विवेक चलाउनु पर्छ – नत्र ढिलो हुन्छ।
कसरी गर्दै हुनुहुन्छ त ?
हामीले ३ तहमा परिवर्तन ल्याउनेछौं –
पहिलो – व्यक्तिगत तह: हामी राष्ट्र र व्यक्तिको सफलताको लागि हरेक नागरिकमा जिम्मेवारीबोध र असल आचरण आवश्यक छ भन्ने सूचना प्रवाह गर्ने छौँ र उनीहरु लाई राष्ट्र निर्माणको वृहत् प्रक्रियामा समेट्ने छौँ ।
दोस्रो – सामाजिक तह: हामी सामाजिक सद्भाव, एकता, शान्ति र सहकार्यबाट मात्र दिगो विकास सम्भव छ भन्ने सूचना प्रवाह गर्ने छौँ र समाजलाई त्यस उन्मुख हुन प्रेरित गर्ने छौँ ।
तेस्रो – सरकारी तह : एउटा जिम्मेवार, नैतिक र उदाहरणीय राजनीतिक शक्तिको रूपमा प्रस्तुत भई परम्परागत व्यक्तिवादी कुशासनलाई योग्यतामुखी सुशासनमा रूपान्तरण गर्नेछौं।
के तपाईंहरूको यो राजनीतिक दल हो?
हो हामी हाम्रै कालमा आर्थिक र सामाजिक क्रान्तिको लागि राजनीतिक दल नै हौँ ।
तपाईँ आफ्ना प्रतिद्वन्दीहरु भन्दा भिन्न कसरी हुनुहुन्छ त ?
बोलेर होइन, गरेर देखाउँछौँ हामी। नेपालमा बोल्ने, लेख्ने धेरै भए, अब गर्नेको पालो आएको छ।
XX
यसका संस्थापकहरू को-को हुन् र तिनको पृष्ठभूमि कस्तो छ ?
यसका संस्थापकहरू आ-आफ्ना क्षेत्रमा दक्ष विवेकशील नेपालीहरू हुन् । कोही उद्दमी हुन् भने कोही सामाजिक र राजनीतिक अभियानकर्ता । कोही विद्यार्थी त कोही डाक्टर – ईन्जिनियर, कोही किसान त कोही मजदुर साथीहरू । यसको नेतृत्व तपाईँको लागि पनि खुल्ला छ। हाम्रो दलको निर्माणाधीन नेतृत्वलाई हामी चाँडै नै सार्वजनिक गर्नेछौं ।
यो दलको नेतृत्व क-कसले गर्नेछन् ?
यो दल भित्र ३ धारले नेतृत्व गर्नेछ – न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका। यी तिनै एक आपससँग मिलेर यो दल चलाउने छन्। साथ-साथै एकले अर्कोलाई खबरदारी गर्नेछन्। नेतृत्वको नियमित निर्वाचन र फेरबदल भै राख्नेछ।
सक्नुहुन्छ त यो सिस्टम परिवर्तन गर्न ?
अहिले नगरे कहिले गर्ने त ? तपाईँ, हामीले नै नआँटे कसले गर्छ? हामी अवश्य सक्छौँ । जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व मिलेर नै बनाउँछ शान्त समृद्ध नेपाल भन्ने कुरो हामीले गरेर देखाउँछौँ ।
के नेपालीले तपाईँलाई विश्वास गर्छन् त ?
विश्वास भनेको जित्ने हो, किनेर पाईँदैन। हामी गरेरै देखाउन कस्सिएका छौँ । हाम्रो कामले नै हामीलाई चिनाउँछ। हाम्रो काम हेरेर विश्लेषण गर्नुहोला। आउनुहोस् तपाई पनि, सँगै मिलेर विश्वास जितौँ !
हामीले अहिले सम्म के गरेका छौँ ?
यस दलका नेतृत्वले विभिन्न सामाजिक, आर्थिक र राजनितिक अभियानहरु चलाएका छन्। यस मध्य केही तल लेखिएका छन्।
- “नेपाल खुल्ला छ” भन्ने बन्द विरुद्ध नागरिक अभियान चलाएका थियौँ।
- “ ज्याला पुरा लियौँ , अब संविधान देऊ” भन्दै अर्को दवाबमूलक अभियान चलाएका थियौँ ।
- “परिवर्तनको लागि हामी नेपाली एक” जस्तो नेपालीलाई एक बनाउने अभियानमा अहम् भूमिका खेलेका थियौँ।
- कालमोचन जस्तो मन्दिरको जिर्णोद्वार गरेका थियौँ, बागमती बचाउने अभियानमा लागेका थियौँ ।
- “भ्रष्टाचारीलाई किरा परोस्” अभियानमा संलग्न भएका थियौँ ।
- नेपालीहरुलाई रोजगारको अवसर बढाउनको लागि उद्दमशील कार्यमा लाग्न नेपालीहरुलाई धकेल्ने कामहरुमा लागेका छौँ।
- देशमा उद्दमीहरु बढाउने काममा लागेका छौँ ।
तपाईँहरूले के यस्तो जटिल स्थितिबाट उन्मुक्ति पाउन सक्नुहुनेछ ?
हामी राजनीतिमा परिवर्तनको लहर लिएर आउँछौ। संकटलाई अवसरको रूपमा लिएर अगाडि बढ्नेछौँ ।

COMMENTS