विवेकशील नेपालीको विदेश नीति

विवेकशील नेपालीको विदेश नीति (खाका) उत्तर दक्षिण नीति  “सन् २०५० सम्ममा पनि नेपाल ‘गरीब’ रहे, संसारकै दुई शक्तिशाली र समृद्ध रा...


विवेकशील नेपालीको विदेश नीति (खाका)

उत्तर दक्षिण नीति 

“सन् २०५० सम्ममा पनि नेपाल ‘गरीब’ रहे, संसारकै दुई शक्तिशाली र समृद्ध राष्ट्र चीन र भारतबीच विलीन हुनेछ” 


“आफ्नो अस्तित्व जोगाउन सन् २०५० सम्म नेपाल समृद्ध बन्नै पर्छ।”



सन् २०५० सम्ममा समृद्धिका हिसाबले नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत क्रमश: पहिलो र तेस्रो स्थानमा रहने प्रक्षेपण गरिएको छ। तसर्थ, नेपालको सामू एकातिर, फ्नो अस्तित्व नै रक्षा गर्नुको चुनौती छ भने अर्कोतिर, दुबैको अपार सम्पन्नताको लाभ पाउने अपार अवसर छ।


ऐतिहासिक कालदेखि नेपालले बडो संयमका साथ भारत र चीनलाई सम्हालेर आफ्नो सार्वभौमिकता जोगाउँदै अाएको छ। विश्वका सफल मुलुकहरुले फ्नो विदेश नीतिलाई आफ्नो मुलुकलाई समृद्ध बनाउनेतर्फ जोडेका हुन्छन् जसलाई हासिल गर्न अन्तरनिर्भरता, रणनीतिक मित्रता तथा समस्याको सामयिक र उचित सम्बोधन गर्ने नीतिमा निकै ध्यान दिने गर्छन्। तर विगत २०औं शताब्दीदेखि नेपालको विदेश नीति, त्यसको ठीक विपरीत, विरोधाभासपूर्ण र प्रतिक्रियात्मक रहिआएको छ। नेपालका तत्कालीन शासकहरुले निम्त्याएका कैयौं प्रत्यक्ष तथा अप्रत्यक्ष विदेशी हस्तक्षेपले नेपालको समृद्धितर्फको यात्रामा असर गर्यो। सन् २०१५ मा देखिएको इन्धन अभावले हाम्रो दशकौंदेखिको विदेश सम्बन्धको बेवास्ताको प्रतिफल हामीमाझ उजागर गर्यो। नेपाल अहिले शक्तिशाली छिमेकीहरुका बीच एक परनिर्भर, अस्थिर तथा गरीब मुलुकको रुपमा रहन पुगेको छ। 


नेपालले निकट भविष्यमा छिमेकीसँगै समृद्ध मुलुक बन्नेतर्फ अग्रसर नभए ती ठूला छिमेकीबाट हाम्रो सार्वभौमसत्तामा खतरा रहिआएको अवस्थालाई हामी आत्मसात् गर्दछौं। तसर्थ, हाम्रो विदेश नीति नेपाललाई सन् २०५० भित्र समृद्ध मुलुक बनाउने ध्येयले निर्देशित हुनुपर्नेछ। 


समृद्ध ि हासिल गर्नको लागि नेपालले दुई विशाल छिमेकीहरुसँग निरन्तर र क्रमिक विकासमा आफूलाई समाहित गर्दै सम्बन्धको अन्तरनिर्भरतालाई पहिचान गर्नु पर्दछ र सावधानीपूर्वक सन्तुलित सम्बन्ध स्थापित गर्न प्रयासरत हुनुपर्छ। सो को लागि हामी “उत्तर-दक्षिण नीति” प्रस्ताव गर्दछौँ।


उत्तर-दक्षिण नीतिको लक्ष्य :


१) नेपाललाई “विश्वको केन्द्रविन्दु” को रुपमा चिनाउने 

२) नेपाल, भारत र चीनबीच अन्तर-निर्भर आर्थिक सम्बन्ध बनाउने 

३) आफ्ना  दुई छिमेकी बीच एउटा बलियो पुलको काम गर्ने 

४) आन्तरिक  सुरक्षाको प्रत्याभूतिका लागि छिमेक रक्षा गर्ने 

५) चीन-भारत-नेपाल बीच बृहत् सास्कृतिक गठबन्धन बनाउने 







१. “विश्वको केन्द्रविन्दु” को रुपमा नेपाललाई प्रस्तुत गर्ने नीति


१.१ संसारका दुई विशाल अर्थतन्त्र, चीन र भारत बीचमा रहेको नेपालले आफ्नो रणनीतिक भूमि सदुपयोग गर्न आफूलाई विश्वको केन्द्रबिन्दु रहेको छाप स्थापना गर्नु पर्नेछ। किनकि सन् २०५० सम्ममा संसारको आकर्षणको केन्द्रविन्दु नै यसै क्षेत्रमा सर्नेछ र नेपाल यस क्षेत्रको पनि बीचमा रहेको छ। 


१.२ ‘नेपाल - विश्वको केन्द्रविन्दु हो’ भन्ने छाप बसाउन नेपालले आफ्ना कूटनीतिक माध्यमद्वारा प्रर्वद्धन गर्नेछ। पर्यटक, आगन्तुक  र आफ्नै  विद्यार्थीहरुद्वारा यसको प्रवर्द्धन संसारभरि गर्नेछ। साथै, सूक्ष्म कूटनीतिद्वारा चिनियाँ तथा भारतीयहरु माझ पनि हाम्रो साझा क्षेत्र विश्वको केन्द्रविन्दु हो भन्ने छाप फैल्याउने काम गरिनेछ। 


१.३ नेपाली नागरिकहरुको मानसिकतामा यो सोच प्रेरित गर्न नेतृत्वबाट निरन्तर व्याख्या गर्ने र शिक्षा, साहित्य तथा संचारको निरन्तर प्रयोगबाट यसैलाई स्थापित गर्ने काम गरिनेछ। 


२. अन्तर-निर्भर अर्थतन्त्र (नेपाल, भारत र चीन बीच):


२.१ नेपालले भारत र चीनबीच एक पुलको काम गर्नेछ। यी दुई प्रतिस्पर्धी महाशक्ति विकासोन्मुख रहिरहन सहकार्य आवश्यक रहेकोले नेपालले यी दुई बीचको सुरक्षित क्षेत्रको सुनिश्चितता गर्दछ। 


२.२ नेपालले दुई छिमेकीबीच स्वच्छ प्रतिष्पर्धात्मक व्यापार सुनिश्चित गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नेछ। 


२.३ नेपाल, भारतीय र चिनियाँ उधमका बीच खुला व्यापार क्षेत्र बन्नेछ। ‘उत्तर-दक्षिण मध्यस्थता अदालत’ले अन्तर देशीय व्यापारिक समस्याको छिटो समाधान गर्ने काम गर्नेछ। 


२.४ नेपाल, भारत र चीनको उदार छिमेकी बन्नेछ। चिनियाँ तथा भारतीय नागरिकहरुलाई नेपालमै व्यवसाय संचालन गर्न सम्पूर्ण छुट दिइनेछ।


२. ५ नेपालले आफ्नै देशमा मात्र पाइने जडिबुटी तथा बालीको माध्यमबाट भारत तथा चीनका कृषि मागलाई परिपूर्ति गर्नेछ। यसबाट भारत र चीनलाई रणनीतिक तवरले नेपालप्रति पनि निर्भर बनाउने काम गर्नेछ।


२. ६नेपाल, भारत र चीनको बराबर साझेदारीमा उत्तर-दक्षिण बैंक स्थापना हुनेछ जसले जलस्रोत, स्वच्छ उर्जा तथा खरबौँ लगानी लाग्ने विशाल पूर्वाधार आयोजनामा लगानी गरी नेपालको माध्यमबाट भारत र चीनको समृद्ध ि हासिल गर्नेछ। 


२.६.१ चीन तथा भारतलाई जोड्न ५ उत्तर- दक्षिण नाकामा द्रुत मार्ग र विद्युतीय रेल मार्गमा ध्यान दिइनेछ।


२. ६. २ सार्कका अन्य मुलुकहरु र नेपाल बीच बाटो-घाटोमा मुलभूत रुपमै सुधार ल्याइनेछ। 


२. ६. ३ पारम्परिक उर्जाको स्रोतबाट स्वच्छ उर्जाको स्रोतमा आधारित पूर्वाधार निर्माणतिर अगाडि बढिनेछ।



३. भारत र चीनबीच भरपर्दो पुलको काम गर्ने 


३. १ नेपाल, भारत र चीनबीच प्रभावकारी मध्यवर्ती राज्य (buffer state) हो। 


३. २ नेपालले भारत र चीनबीच सम्बन्ध सुधार गर्न मध्यस्थकर्ता र संवादकर्ताको भूमिका खेल्नेछ। 


३. २. १ भारत र चीनबीच कुनै विवाद आइपरेमा नेपालले एक ‘उत्तर-दक्षिण संवाद केन्द्र’ को माध्यम बाट तटस्थ तवरले दुई महाशक्ति बीच निरन्तर संवादको वातावरण निर्माण गरि नै रहनेछ।


३. २. २ नेपाल करिब १ अरब हिन्दू तथा आधा अरब बौद्धमार्गीहरुका लागि आध्यात्मिक आस्थाको केन्द्रको रुपमा विकासित हुँदै जानेछ। यसले ‘समानुभूतिद्वारा मानवता” भन्ने आस्थाको नीति अपनाउनेछ।


३. २. ३ आफ्ना मूल्य मान्यता प्रवाह गर्न नेपालभरि आध्यात्मिक केन्द्रहरु निर्माण गरी तिनलाई भारतीय तथा चिनियाँ आध्यात्मिक केन्द्रहरुसंग सहकार्य गराउनेछ।



४.आफ्नै सुरक्षा प्रत्याभूतिको लागि छिमेकको रक्षा गर्ने नीति


४. १ नेपाल, भारत र चीनसंग यस्तो समन्वयात्मक सम्बन्ध राख्दछ जसले भारत र चीनको समतामूलक समृद्ध िमा बाधा पुर्याउने छैन।


४. २ आन्तरिक सुरक्षा सुनिश्चित गर्न नेपालले आफ्नो पश्चिम, केन्द्र तथा पूर्वमा प्रकोप सुरक्षा केन्द्र स्थापना गर्नेछ जसमा एक वर्षसम्म धान्न सकिने खाद्यान्न, औषधि, उर्जा उपकरण, सवारी साधन,उद्धार उपकरण जस्ता अत्यावश्यकीय सामग्रीहरु पूर्ण रुपमा भूकम्प प्रतिरोधी प्रविधियुक्त भवनमा भण्डारण गरिनेछ। यो केन्द्रले दक्षिणी तिब्बत, नेपाल तथा भारतका उत्तर-पूर्वी तथा उत्तर-पश्चिमी राज्यहरुमा आउने कुनै पनि प्रकोपमा तुरुन्त मद्दत गर्नेछ। 


४.३ भारत र चीन दुबैसंग विना रोकटोक व्यापार र आवत-जावतको लागि नेपालको खुला तर नियन्त्रित सिमाना हुनेछ। 


४. ३. १ पारस्परिक समझदारीमा आधारित कुशल पहिचान प्रविधि र प्रणालीको विकासले विना हैरानी नेपाली, चिनियाँ तथा भारतीय नागरिक तथा सवारी साधनको आवत जावत सुनिश्चित गर्नेछ।


४.४ भारत र चीनको आन्तरिक सुरक्षालाई सहयोग पुर्याउने गरी नेपालले यी छिमेकसंग सम्बन्धित सुरक्षा जानकारी पारदर्शी र सामयिक रुपमा आदान प्रदान गर्नेछ। 


४. ४. १ नेपालको भूमि प्रयोग गरेर भारत या चीनमा आतंककारी गतिविधि गर्ने जो सुकैलाई पनि नेपालले शून्य सहनशीलता अवलम्बन गर्नेछ। आतंककारी गतिविधि तथा सुपुर्दुगीको व्यवस्थालाई सम्बोधन गर्न नेपालले फास्ट ट्रयाक अदालतहरू गठन गर्नेछ। 


४. ४. २ आफ्ना छिमेकीहरुसँग मिली नेपालले आतंकवाद विरुद्ध संयुक्त कार्यदल परिचालन गर्नेछ।


४. ५ विश्वका सामू नेपालले नेपाली, चिनियाँ तथा भारतीय नागरिकहरुको हितकै लागि सदैव उभिनेछ। विश्वमा नेपालले ‘शान्ति दूतहरुको माध्यमबाट शान्ति स्थापना’ को नीति अवलम्बन गर्नेछ। सन् २०३० सम्ममा नेपालले आफ्ना अधिकतम सैन्य बललाई अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ प्रयोग गर्नेछ।


४. ६ नेपालले आफ्नो रणनीतिक स्रोत, पानी, को प्रयोग सीमापारिका नागरिकहरुलाई नकारात्मक असर नपर्ने गरी आफ्नो नागरिकहरुको हितलाई प्रयोग गर्नेछ। आफ्ना छिमेकीहरुको सुरक्षालाई पनि मध्य नजर गरी नेपालले आफ्नो पानीको सदुपयोग गर्नेछ।



५. प्रभावकारी सहअस्तित्वको लागि अन्तरदेशीय सांस्कृतिक गठबन्धन


५.१ आफ्नो छिमेकीहरुमा प्रभाव जमाउन ‘मानवतालाई एकै सूत्रमा बाँध्न समानुभुती’ को नीति अवलम्बन गरी नेपाल यसै अध्यात्मको केन्द्रबिन्दु बन्नेछ।


५. २ नेपालले ‘उत्तर दक्षिण केन्द्र’ नामक बृहत् स्रोत तथा संवाद केन्द्र संचालन गर्नेछ, जसले नेपाली, चिनियाँ तथा भारतीय सामाजिक, राजनीतिक तथा आर्थिक नेतृत्वलाई एक अर्कालाई बुझ्ने र सँगै काम गर्ने अवसर दिलाई जित - जितको वातावरण सिर्जना गर्नेछ। 


५. ३ नेपालले चिनियाँ तथा भारतीय पर्यटक आकर्षित गर्न ‘अतिथि देवो भव’ को भावनाले प्रेरित आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्नेछ। नेपालमा पर्याप्त संस्कृति र अध्यात्म बुझाउने केन्द्रहरुको स्थापना गरी चिनियाँ र भारतीय नागरिकको तन-मन र ध्यानलाई नेपालप्रति आकर्षित गर्नेछ। 


५. ४ तीनै देशमा रहेका विशिष्ट संस्कृति तथा उप-संस्कृतिको संयोजनमा आधारित अध्ययन गर्न नेपालमा सुविधायुक्त उत्तर-दक्षिण विश्वविद्यालय बन्नेछ जसको शाखा चीन र भारतमा पनि रहनेछ। 


५. ५ छिमेकका संस्कृति तथा संस्कारको भित्री बुझाइ लिन पाठशालाहरुमा म्यान्डरिन, हिन्दी तथा अंग्रेजी भाषा पनि सिकाइने व्यवस्था मिलाइनेछ। 


निष्कर्ष:


नेतृत्व वर्गले राजनीतिको नैतिक प्रयोग गरेमात्र मुलुकको कुनै पनि नीति व्यवहारमा उत्रनेछ। यस ‘उत्तर-दक्षिण’ नीति पनि भविष्यको चुनौतीहरु अनुसार समयसापेक्ष रुपमा परिमार्जन हुँदै जानेछ तर सदैव समृद्ध नेपाल र समृद्ध छिमेकको निर्माणमा केन्द्रित रहनेछ। अबको चार दशक भित्र नेपालको विदेश सम्बन्ध राख्न सबै राजनीतिक दल, प्रशासनिक संयन्त्र तथा योजनाविद्हरु यही ‘एकल द्वार’ नीतिबाट चले समृद्ध नेपाल अवश्य देख्न पाइन्छ।


यो २१ औं शताब्दी सापेक्ष नेपालको विदेश नीतिको सामान्य रुपरेखा हो। यसको आधारमा विस्तृत विदेश नीति तयार गर्ने सोच राखेका छौँ जसले २०५० सम्ममा नेपाल कसरी आफ्नो सार्वभौमसत्ताको रक्षा गर्दै समृद्ध मुलुक हुनेछ, त्यो व्याख्या गर्नेछ।

यदि तपाईँ पनि हामीलाई विस्तृत विदेश नीति बनाउन सहयोग गर्न चाहनुहुन्छ भने हामी सदैव स्वागत गर्दछौं। आफ्नो विज्ञताको क्षेत्र तथा सुझाव info@leadnepal.com मा इमेल गर्नुहोला।

COMMENTS

Name

blog,3,campaign,11,ccmember,1,debate,3,document,2,govindanarayan,1,ideology,4,interview,4,news,4,policy,1,pressrelease,10,stands,10,sticky,1,update,23,video,10,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: विवेकशील नेपालीको विदेश नीति
विवेकशील नेपालीको विदेश नीति
https://lh4.googleusercontent.com/ZBVzAuJbfu0U3FgxSsVjHNkWyhpE2y1HFqO7mO5wjgjncAL0-pIfgC9oxTs4NY29un2BgdfgZBs1sGlgKYn4RsIUru6005eFJgeWTamP2jyHs6J_ZVr13J56pilqDr4p7xqcZjk5
https://lh4.googleusercontent.com/ZBVzAuJbfu0U3FgxSsVjHNkWyhpE2y1HFqO7mO5wjgjncAL0-pIfgC9oxTs4NY29un2BgdfgZBs1sGlgKYn4RsIUru6005eFJgeWTamP2jyHs6J_ZVr13J56pilqDr4p7xqcZjk5=s72-c
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2019/02/foreignpolicy.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2019/02/foreignpolicy.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy