निर्वाचन: सबै चुनाव आवधिक रुपमा एकै पटक स्वच्छ र किफायती तरिकाले गर्नेछौं। राष्ट्रिय सरोकारका अधिकतम बिबादास्पद मुद्दाको निर्णय ग...
सबै चुनाव आवधिक रुपमा एकै पटक स्वच्छ र किफायती तरिकाले गर्नेछौं। राष्ट्रिय सरोकारका अधिकतम बिबादास्पद मुद्दाको निर्णय गर्न जनमत संग्रहको प्रयोग गर्नेछौ ।
- अल्पकालमा: सूचना र प्रविधिको अधिकतम् प्रयोग गरी स्थानीय सरकारको लागि स्थानीय निर्वाचन गराउने। निर्वाचन अायोगलाई नियमित निर्वाचन गराउन र राजनीतिक दललाई अनुशासित राख्न विशेष अधिकार संबिधानमै सुनिश्चित गर्ने ।
- मध्यमकालमा: विदेशमा बसेका नेपाली नागरिकले मतदान गर्ने अधिकार सुनिश्चित गर्ने । आफ्नो प्रतिनिधि फिर्ता बोलाउने अधिकार सुनिस्चित गर्नु पर्छ ।
- दीर्घकालमा: स्वच्छ छवि र पेशामा सक्रिय रुपमा काम गरिरहेकाले मात्र निर्वाचन लडन् पाउने व्यवस्था स्थापित गर्ने । अत्याधुनिक सुचना प्रविधि सन्चालित निर्वाचन प्रणाली बनाउने ताकि भोट संसारको जुनै स्थानबाट पनि सजिलै हाल्न सकियोस् अनि नतिजा छिटो र पारदर्शी तरिकाले थाहा पाउन सकियोस् ।
COMMENTS