न्याय: कानुनी राज्यको ग्यारेन्टी गर्ने र कानुनको सम्पादनमा रहेका कमजोरी तत्काल हटाउने जसका लागि कारागार, प्रहरी, अनुसन्धान, अदालत ...
कानुनी राज्यको ग्यारेन्टी गर्ने र कानुनको सम्पादनमा रहेका कमजोरी तत्काल हटाउने जसका लागि कारागार, प्रहरी, अनुसन्धान, अदालत र कारागारको अवस्थामा व्यापक सुधार गर्नेछौँ।
- अल्पकालमा: न्याय सम्पादनमा पूर्ण वैज्ञानिक प्रविधियुक्त जन-शक्ति तयार हुने वातावरण सिर्जना गर्ने
- मध्यमकालमा: न्याय र प्रहरी क्षेत्रमा व्यापक सुधार र स्तर अभिवृद्धि (भर्नाको आधार कानुनको ज्ञान, अनुसन्धानमा अभिरुची र कार्यसम्पादन शैली)
- दीर्घकालमा: पूर्ण कानुनी राज्यको स्थापना सहित मानव अधिकारको पूर्ण प्रत्याभूति
समग्रमा: कानुनी राज्य विना लोकतन्त्रको कुनै अर्थ छैन। कानुनी सर्वोच्चता र चुस्तता हाम्रो प्राथमिकता हो।
COMMENTS