बिभिन्न मुद्दामा विवेकशील नेपालीका अडानहरू : वर्तमान समयमा समस्त नेपाली नागरिकहरूले भोग्दै आएका मुलभूत समस्याका निकासका निमित्त वि...
बिभिन्न मुद्दामा विवेकशील नेपालीका अडानहरू :
वर्तमान समयमा समस्त नेपाली नागरिकहरूले भोग्दै आएका मुलभूत समस्याका निकासका निमित्त विवेकशील नेपालीले २ वर्ष भन्दा बढी समय लगाएर निरन्तर रूपमा ७५ भन्दा बढी नागरिक सभा र देशभरि नागरिक अन्तरक्रिया गर्यो। यसबाट प्राप्त सल्लाह र सुझावमा आधारित भै ती समस्या को समाधान गर्न निम्न बमोजिमका मार्ग-दिशा तयार गरेका छौँ।
यी समस्त नीतिहरुलाई हामीले समय सापेक्ष रुपमा परिमार्जन गर्दै जाने नीति लिएका छौ।
सार्वभौमसत्ता –
नेपाली नागरिक राष्ट्रको सर्वोच्च निकाय हुन् जसले आर्थिक, सामाजिक र राजनीतिक मुद्दाको उठान र निर्णय गर्ने हैसियत राख्दछन्।
कुनै पनि राजनीतिक र प्रशासनिक निकाय सो कामलाई सहज गर्ने औजार मात्र हुन्, त्यसैले हामी नागरिकहरुको सो हैसियत सर्वोपरि मान्दै नागरिककै सेवामा समर्पित छौँ।
सिद्धान्त:
विवेकशील नेपाली को शिद्धान्त हो “समयसापेक्ष सुधारमार्ग” Pragmatic reforms (path)
विवेकशील नेपालीको गन्तव्य भनेको हाम्रै कालमा शान्त र समृद्ध नेपाल बनाउनु हो। त्यहाँ पुग्न हामीले चुनेको मार्ग हो “समयसापेक्ष सुधारमार्ग” जुन सन्तुलन, सुधार अनि समयसापेक्ष व्यवहारिकतामा आधारित छ।
नागरिक र समाजको कुनै पनि माग सम्बोधन गर्न सर्बप्रथम यी दुई बिच lसह-अस्तित्व, सन्तुलन र सहकार्य चाहिन्छ। समृद्ध नेपाल बनाउने क्रममा विवेकशील नेपालीले व्यक्ति र समाज दुबैको हितलाई सन्तुलित र सुधारोन्मुख तरिकाले अगाडि बढाँउछ।
समय अनुसार आउने नयाँ विचार र ब्यवहारको कारण समाज सदैब परिवर्तनशील छ। त्यसैले विवेकशील नेपालीले समय सापेक्ष रुपमा समाजलाई आवश्यक विचार र ब्यबहार परिमार्जन गर्ने बाटोमा लान्छ र आफु स्वयं पनि सो अनुरुप परिमार्जित हुँदै जान्छ।
विवेकशील नेपाली आम नागरिकहरुको पूर्ण सहभागितामा आधारित जन उत्तरदायी शासन प्रणालीमा प्रतिबद्ध छ। हामीले अबलम्बन गर्ने सिद्धान्त नागरिक सर्वोचता, कानुनी राज्य, अवसरमा समान पहुँच, व्यक्तिगत स्वतन्त्रताका साथ सामाजिक कल्याण र राष्ट्रिय हितबाट निर्देशित हुने छ।
विवेकशील नेपालीले सु-संस्कृत राजनीतिक व्यवहारको संस्कार आरम्भ गर्दछ। अाफ्नो राजनीतिक चिन्तनलाई नैतिक तवरले व्यवहारमा उतार्नलाई हामी महत्व दिन्छौँ।
समयसापेक्ष सुधारमार्गले के गर्छ?
समय सापेक्षता (समय अनुरूप परिवर्तन गर्ने नीति-नियम) ले नागरिकहरुको आवश्यकता बमोजिम प्राथमिकताको तय गर्छ र सो अनुरूप काम गर्छ। उनीहरुको सुरक्षा र अत्यावश्यक सेवा समयमै सु-निश्चित गर्छ। त्यसै गरी नागरिकहरुले सो पाए बापत आफ्नो राष्ट्रिय दायित्व पूरा गर्छन्।
समयसापेक्षताले प्रयोगमा सफल भएका सिद्धान्त र वादका सकारात्मक गुणहरु समेटेर राष्ट्रलाई शान्त, समृद्ध र सुखमय बनाउँछ।
देशलाई समृद्ध बनाउन यसले सुधारमुखी हुँदै निम्न ८ खम्बाहरु बलियो बनाउदैँ जान्छ। ती देश बनाउने ८ खम्बाहरु - जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व, एकताबद्ध (एक जुट) नेपाली र सशक्त नेपाली, सेवक सरकार र स्वतन्त्र नेपाली, खुला सुधारमुखी नेपाल र समृद्ध नेपाली हुन्।
अर्थतन्त्र:
उधमशील क्रान्तिबाट समान (समातामूलक) समृद्ध ि ल्याउने विवेकशील मिश्रित अर्थतन्त्र नीति। आर्थिक स्वतन्त्रता विना अन्य स्वतन्त्रता निरर्थक रहन्छ। हामी आर्थिक स्वतन्त्रताका पक्षधर हौँ। उद्दमशील नेपाली र सेवक सरकार नै समान आर्थिक समृद्ध िको मूल-आधार हुनेछ।
अल्पकालमा:
हामी अहिले३ क्षेत्रमा केन्द्रित हुन्छौँ। प्रकृतिबाट सिधै प्राप्त गर्न सकिने क्षेत्र (कृषि र खनिज), औद्योगिक उत्पादन (उद्योग) र सेवा उधम सम्बन्धी समय सापेक्ष नीति-कार्यक्रमहरुमा खाद्य, उर्जा र भौतिक पूर्वाधार विकासको क्षेत्रमा अल्पकालीन आर्थिक संकटकाल घोषणा गरी कृषि र स्वदेशी उधम र उधमीलाई प्राथमिकता दिई अत्यावश्यक वस्तुमा आत्म- निर्भर बनाउने।
मध्यमकालमा: भारत -चीन बीचको व्यापार केन्द्रविन्धु बनाइ फाइदा लिने परियोजना
दीर्घकालमा: नेपाल चीन लगायत दक्षिण एसिया लागि वित्तिय केन्द्रविन्दु बनाउने।
न्याय:
कानुनी राज्यको ग्यारेन्टी गर्ने र कानुनको सम्पादनमा रहेका कमजोरी तत्काल हटाउने जसका लागि कारागार, प्रहरी, अनुसन्धान, अदालत र कारागारको अवस्थामा व्यापक सुधार गर्नेछौँ।
अल्पकालमा: न्याय सम्पादनमा पूर्ण वैज्ञानिक प्रविधियुक्त जन-शक्ति तयार हुने वातावरण सिर्जना गर्ने
मध्यमकालमा: न्याय र प्रहरी क्षेत्रमा व्यापक सुधार र स्तर अभिवृद्धि (भर्नाको आधार कानुनको ज्ञान, अनुसन्धानमा अभिरुचि र कार्यसम्पादन शैली)
दीर्घकालमा : पूर्ण कानुनी राज्यको स्थापना सहित मानव अधिकारको पूर्ण प्रत्याभूति
समग्रमा: कानुनी राज्यविना लोकतन्त्रको कुनै अर्थ छैन। कानुनी सर्वोच्चता र चुस्तता हाम्रो प्राथमिकता हो।
समाज:
विवेकशीलताका खम्बाहरु - जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व, एक जुट नेपाली र सशक्त नेपाली, सेवक सरकार र स्वतन्त्र नेपाली, सुधारोन्मुख नेपाल र समृद्ध नेपाल - लाई स्थानीय रुपमा प्रयोगमा ल्याएर विवेकशील सामाज बनाउनेछौँ।
अल्पकालमा: जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व बनाएर
मध्यमकालमा: एकताबद्ध (एक जुट) तथा शशक्त नेपाली बनाउने दिशामा जाने र राष्ट्र विकासको लागि खुल्ला विकासोन्मुख प्रणाली अपनाउने
दीर्घकालमा: समाजलाई नैतिक र विवेकशील हुन प्रेरित गर्ने ,
निर्वाचन:
सबै चुनाव आवधिक रुपमा एकै पटक स्वच्छ र किफायती तरिकाले गर्नेछौं। राष्ट्रिय सरोकारका अधिकतम विवादास्पद मुद्दाको निर्णय गर्न जनमत संग्रहको प्रयोग गर्नेछौ।
अल्पकालमा: सूचना र प्रविधिको अधिकतम प्रयोग गरी स्थानीय सरकारको लागि स्थानीय निर्वाचन गराउने। निर्वाचन अायोगलाई नियमित निर्वाचन गराउन र राजनीतिक दललाई अनुशासित राख्न विशेष अधिकार संविधानमै सुनिश्चित गर्ने।
मध्यमकालमा: विदेशमा बसेका नेपाली नागरिकले मतदान गर्ने अधिकार सुनिश्चित गर्ने। आफ्नो प्रतिनिधि फिर्ता बोलाउने अधिकार सुनिश्चित गर्नु पर्छ।
दीर्घकालमा: स्वच्छ छवि र पेशामा सक्रिय रुपमा काम गरिरहेकाले मात्र निर्वाचन लडन् पाउने व्यवस्था स्थापित गर्ने। अत्याधुनिक सूचना प्रविधि सन्चालित निर्वाचन प्रणाली बनाउने ताकि भोट संसारको जुनै स्थानबाट पनि सजिलै हाल्न सकियोस् अनि नतिजा छिटो र पारदर्शी तरिकाले थाहा पाउन सकियोस्।
शासन प्रणाली:
गणतान्त्रिक शासन प्रणाली। सेवक सरकार, स्थानीय सरकारलाई अधिकार, जनमुखी संयन्त्र
आलंकारिक राष्ट्रपति
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जो आफ्नो मन्त्रीमण्डल स्वतन्त्र रुपमा निर्माण गर्न सक्छन्।
उपल्लो निकायमा ( राष्ट्रिय सभा ) ५ क्षेत्रबाट ५ /५ जना को दरले २५ सदस्य चुनिनेछन् जसले तल्लो सभाबाटपारित भएको क्षेत्रीय विषय, संविधान संशोधन र सन्धि अनुमोदनको कार्य गर्नेछन्।
तल्लो सभामा १ लाख मतदातालाई प्रतिनिधित्व गर्ने क्षेत्रबाट निर्वाचित संसद्को संख्या निर्धारण हुनेछ। निर्वाचित संसद्ले सरकारको नीतिहरुको अनुमोदन गर्ने छ।
समग्रमा: देशको समुन्नति र शान्ति सुनिश्चित गर्ने चुस्त शासन प्रणाली विकास गर्नेछौँ।
धर्म:
हामी धार्मिक स्वतन्त्रतामा विश्वास राख्छौँ। धर्म र शासनलाई अलग्गै राख्नु जरुरी छ। धर्मको नैतिकता र सु-संस्कार लाई राज्यले कदर गर्नेछ।
स्वेच्छाले धर्म परिवर्तन भएमा सो दर्ता हुनु जरुरी छ। नियोजित तरिकाले धर्म परिवर्तन गर्न प्रेरित गर्नु अपराध ठहरिने छ।
समावेशिता:
योग्यतामुखी नीति। देशमा रहेको असमावेशितालाई विवेकशील तरिकाले समावेशी गछौँ। कसरी ? आर्थिक वर्गको आधारमा
अल्पकालमा: आर्थिक वर्गको आधारमा प्राप्त हुने कोटा जागिरका लागि होइन बरु योग्यता र सीप वृद्धिका लागि गर्ने।
मध्यमकालमा: सरकारी जागिर योग्यता र स्थानीय आधारमा हुनु पर्छ।
दीर्घकालमा:
शिक्षा र उधमशीलताद्वारा समान (समतामूलक) आर्थिक र सामाजिक हैसियत भएको आधुनिक राज्य स्थापना गर्ने।
संविधानमा जातियताको अाधारमा रहेको समावेशितालाई संशोधन गरी अार्थिक वर्गको अाधारमा समावेशिता कायम गर्ने
समग्रमा: योग्यतामुखी नेपालले नै बनाउँछ समृद्ध नेपाल। योग्यतामुखी समाजले निम्त्याँउछ विकसित समाज। योग्यतामुखी संस्कृति ,गरिमामय संस्कृति।
समावेशितालाई “जातमा होइन, वर्गमा , जागिरमा होइन, क्षमता अभिवृद्धिमा जोड
विविधता र जातीयता:
विविध भाषा र संस्कृतिको रक्षा गर्दै नेपालीलाई एकीकृत बनाइराख्ने नीति
अल्पकालमा:
जातीगत होइन, सिमान्तीकृत नागरिकहरुको लागि समुन्नति र सम्मानको अवसर सिर्जना गर्ने।
भाषा र संस्कृतिका हरेक संघ (प्रदेश/क्षेत्र) भित्र १ /१ संग्रहलय र प्रत्येक अंचलमा स्थानीय भाषाहरुको अनुसन्धानालय र पाठशाला निर्माण गर्ने।
राष्ट्रियता बलियो हुने सदभाव कार्यक्रम र रणनीतिमा जोड दिने - विशेष गरी खेलकुद, सङ्गीत र अान्तरिक पर्यटन।
जातीय भेदभाव अन्त्य गर्न कानुनी परिपालना कडाइका साथ पालना गर्ने।
मध्यमकालमा : शिक्षा, उद्योग र रोजगारमा समान अवसरको सिर्जना गर्ने।
दीर्घकालमा : “विविधतामै एकता”लाई संस्थागत गर्ने।
समग्रमा: हामी विविधताबीच एकतामा विश्वास गर्छौँ। सीमान्तीकृत नागरिकहरुको लागि समुन्नति र सम्मानको अवसर सिर्जना गर्नुपर्ने अडान लिएका छौँ। जातहरुको मौलिकतालाई सम्मान गर्दै हामी अब नेपालीहरुलाई एक बनाउन बाटो - समान समृद्ध ि - मा केन्द्रित हुन्छौँ।
राष्ट्रियता:
नेपालको प्रतिष्ठा स्थापित गर्ने राष्ट्रिय मेलमिलाप नीति
अल्पकालमा : राष्ट्रिय मुद्दामा एकता, ऐतिहासिक धरोहरको प्रवर्द्धन , सद्भावको अभिवृद्धि ( पुष २७ राष्ट्रिय एकता दिवस र बुद्ध जयन्ती राष्ट्रिय गौरवका पर्व )
मध्यमकालमा : शिक्षामा राष्ट्रिय अात्मसम्मानको प्रवर्द्धन , नागरिकमा राष्ट्र सेवाको वातावरण विकास गर्ने।
दीर्घकालमा : राष्ट्रियता फलाक्ने कुरा होइन, मनन गर्ने कुरा हो। राष्ट्रियता जोगाउने सर्वोत्तम उपाय समान समृद्ध ि र सह-अस्तित्व को वातावरण बनाएर नै हुन्छ।
समग्रमा: नेपाली भनेर होइन अब बनेर देखाउनु पर्छ। नेपाल हाम्रो घर हो, डेरा होइन।
रक्षा:
निति: चुस्त रक्षा निकाय, कूटनीतिक सर्वोकृष्टता, अार्थिक शक्ति केन्द्रित
अल्पकालमा : राष्ट्रिय मुद्दामा समान धारणा भएकाहरुबीच एकता गर्ने र सिपालु कूटनीतिक संजाल तयार गर्ने।
मध्यमकालमा : सीमा व्यवस्थित गर्ने / २५००० जति सेना / २ बर्ष सम्म सबै नेपालीलाई आधारभूत देश निर्माणमा चाहिने नैतिक र अनुशासन तालिम दिने कुनाकाप्चामा लगेर। सीमा विवाद सुल्झ्याउने र चाहियो भने अन्तर्राष्ट्रिय अदालत जाने।
दीर्घकालमा : सीमामा खुल्ला आवतजावत बन्द नगर्ने तर अनुगमनलाई व्यवस्थित गर्ने, अल्पकालीन भिसा दिने, सीमाका निश्चित नाका मात्र खोल्ने, सूचना र अनुसन्धानलाई विशेष जोड दिने, ठूलो फौज होइन ठूलो कूटनीतिक वृत्त तयार गर्ने , धेरै मित्र राष्ट्रसँग नजिकको सम्बन्ध बढाउने
समग्रमा: देशको रक्षा गर्न देश शक्तिशाली हुनुपर्यो र शक्तिशाली हुन समृद्ध हुनु पर्यो। देशको रक्षा गर्न विवेक प्रयोग गर्ने ,चुस्त नाका निकाय, सबल कूटनीतिज्ञहरु र छिमेकी चीन र भारत बिच अार्थिक भ्रातृत्वको वातावरणले नेपाल सुरक्षित बनाउँछौँ।
गृह प्रशासन:
हरेक नागरिकको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति दिने, अदालत चुस्त राख्ने, राज्यद्वारा हुने सबै ढिला-सुस्ती को क्षतिपूर्ति दिने।
अल्पकालमा : गृह प्रशासनमा हुने ढिला - सुस्ती र भ्रस्टाचारको न्युन गर्ने , आन्तरिक सुरक्षा निकायहरु बिच चुस्त समन्वय गरी शान्ति सु-व्यवस्था कायम गर्न दबाव दिने।
मध्यकालीन रणनीति : सुरक्षाको लागि संख्यात्मक भन्दा पनि आवश्यक गुणस्तिरय जनशक्ति तयार गर्ने र त्यसको लागि अावश्यक प्रविधि प्रयोगमा ल्याउने, गृह र अदालतको स्तर अभिवृद्धि गर्ने, अनुसन्धान र सुरक्षा व्यवस्थापनमा जोड दिने।
दीर्घकालमा: नेपाललाई सुरक्षाको पूर्ण प्रत्याभूति भएको कानुनी राज्य बनाउने, आत्म-सम्मानयुक्त नागरिक र पूर्ण रोजगार भएको मुलुक बनाउन गृह संरचना खडा गर्ने।
समग्रमा: नेपाल सरकारलाई सेवक सरकार बनाउने छौँ। सेवक सरकार जनताको सेवा गर्ने सरकार हो।
परराष्ट्र:
स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा, आर्थिक जीत-जीतको सिद्धान्त, राष्ट्रियताको सम्वर्धन र राष्ट्रिय हितको परराष्ट्र नीति
अल्पकालमा :
बाह्य हस्तक्षेपका लागि नेपालमा राजनीतिक दलहरुले तयार गरेको वातावरणको विरोध, हतोत्साह र न्यूनीकरण।
विश्व स्तरमा देशको सकारात्मक छाप बनाउने कार्यमा लाग्ने।
आत्मनिर्भर अर्थतन्त्रमा जोड (भित्र राष्ट्रियताको प्रवर्द्धन - बाहिर राष्ट्रिय हितको रक्षा)
मध्यमकालमा : बाह्य लगानी र सन्तुलित कूटनीतिको लागि कूटनीतिज्ञहरुको क्षमता विकास गर्ने
दीर्घकालमा : भारत र चीनको दृष्टिकोणमा नेपाल असल र काम लाग्ने मित्र रहेको सन्देश स्थापित गर्ने
समग्रमा: देश भित्र राष्ट्रियताको विकास गर्ने। भारत र चीनबीच आर्थिक भातृत्व कायम गर्न अाफू मेरुदण्ड बन्ने। नेपाललाई विश्व मामिलामा सार्थक योगदिन दिन सक्ने स्तरमा पुर्याउने।
प्रकृति तथा पर्यावरण –
हरियो नीति र सफा ऊर्जा नीति:
अल्पकालमा: भू-क्षय न्यूनीकरण गर्न कृषि-वनको अवधारणलाई प्रयोगमा ल्याउने, फोहोरको अत्याधुनिक पुनप्रयोग नवीकरणीय व्यवस्थापन, जलवायु परिवर्तनको सम्भाव्य असरबारे जनचेतना, जलवायु परिवर्तनलाई वातावरण नीतिको मूलधारमा ल्याउने
मध्यमकालमा : वातावरण मैत्री यातायात निति, जलवायु परिवर्तनसँग जुध्न स्थानीय अग्रसरतालाई प्रोत्साहन,
दीर्घकालमा : अत्यधिक मात्रामा पुन:प्रयोगीय सामग्रीको प्रयोग गर्ने संस्कारलाई स्थापित गर्ने, नेपाललाई यातायात र औद्योगिक प्रदूषण न्यून भएको नमुना देश बनाउने,
समग्रमा: फोहोरको दिगो व्यवस्थापन गर्दै वातावरण मैत्री उद्योग स्थापना गर्ने र कृषि- वनको विकास गर्दै त्यसबाट व्यवसायिक खेतीलाई प्रोत्साहन गर्नेछौँ। अनि सफा उर्जाबाट देश आत्म निर्भर हुने र जलवायु परिवर्तनलाई वातावरण नीतिको मूलधारमा ल्याउने।
सशक्तीकरण:
विकेन्द्रिकरणले स्थानिय निकाय र स्थानीय बासिन्दालाई सशक्त बनाउन ठोस योगदान दिन्छ।
अल्पकालमा : स्थानीय निर्वाचन गराई स्थानीय नेतृत्वलाई सशक्तीकरण गर्ने।
मध्यमकालमा : स्थानिय बासिन्दाको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन कार्यन्वन स्थानीय सरकारले गर्ने। न्याय, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पर्यावरणमा केन्द्रीय सरकारले निति बनाउने र अार्थिक सहयोग गर्ने।
दीर्घकालमा : आफ्नो गाउँ-टोल आफै हाँक्न सक्ने वातावरण बनाउन सक्ने सशक्त नेपाली बनाउने।
समग्रमा: हरेक नेपाली आफ्नो जीवन सार्थक बनाउन सक्ने र राष्ट्रको सेवा गर्न सक्षम हुनेछन्।
महिला:
मुलुकको आधा हिस्सा समेट्ने महिलालाई आर्थिक र सामाजिक जीवनको मुलधारमा सम्मिलित नभै राष्ट्र आगाडि बढ्ने छैन। यहि मर्मलाई आत्मसाथ गरि समतामुलक समाज र अग्रणी महिलाको अवधारणा अनुरूप काम गर्ने विवेकशील नेपालीको नीति छ जसका लागि शिक्षा, सुविधा र आर्थिक विकास अपरिहार्य छ।
अल्पकालमा: महिला हित बाट नै राष्ट्र हित हुने यथार्थलाई स्थापित गर्ने र सो को लागि स्रोत र कार्यक्रम तय गर्न कार्यदिशा तय गर्ने। मुलत: महिलालाई राष्ट्रिय नेतृत्वमा ल्याउन उपयुक्त सीप र तालिम दिने अनि सँगै महिलाहिँसा निर्मूल गर्ने सुरक्षा र न्याय निकाय चुस्त र एकलद्वार व्यवस्था बनाउने।
मध्यमकालमा: सो कार्य दिशा अनुरुप यसले तोकेका प्राथमिकता सँगै विवेकशील नेपालीले प्राथमिकतामा राखेका महिलाको आर्थिक र सामाजिक स्वतन्त्रता स्थापित हुने कार्यक्रम संचालन गर्ने। विशेष गरी महिला स्वरोजगार र उधमशीलता अभियानको शशक्त कार्यान्वन गर्ने।
दीर्घकालमा: ब्यावहारिक रुपमै महिला सम्पूर्ण क्षेत्रमा पुरुषको दाँजोमा समान हैसियत कायम गर्न वातावरण बनाउने। नेतृत्वका हरेक निकायमा दक्ष महिलाले भरि-भराउ गर्ने।
समग्रमा – आर्थिक हैसियत बिना महिलालाई सामाजिक र कानुनी हैसियत स्थापना गर्न कठिन छ त्यसैले हामीले हरेक महिलामा आर्थिक स्वतन्त्रता स्थापित गर्ने निति बोकेका छौँ।
स्वास्थ्य
स्वास्थ्य जीवन हरेक नेपाली अाधारभूत अावश्यकता हो र समृद्ध नेपालको लागि मूल शर्त।
अल्पकाल: नेपाललाई अाफूलाई पुग्ने जति चिकित्सक बनाउने देशमा परिणत गर्ने।
मध्यमकाल: स्वास्थ्य र शिक्षालाई जोडेर लैजाने विधालयमा। स्वास्थ्य क्षेत्रलाई सस्तो र भरपर्दो बनाउन सामुदायिक नेतृत्वमा स्वास्थ्य बिमाको परियोजना लागु गर्ने।दीर्घकाल: स्वास्थ्यलाई सामाजिक लोककल्याणकारी परिवेश भित्र ल्याएर सरकारले नै सुनिश्चित गर्ने।
रोजगारी :
अहिलेको नेपालमा रोजगार सिर्जना गर्नु अाधारभूत अावश्यकता हो। यसले हरेक नेपालीलाई सम्मानका साथ अाफ्नै देशमा जीवन बिताउन अभिप्रेरित गर्छ। विवेकशील नेपाली रोजगारलाई अाधारभूत अावश्यकता ठान्दछ
अल्पकाल:
वैदेशिक रोजगारमा गएर फर्केकालाई विज्ञहरुबाट व्यापार शुरु गर्न सर-सल्लाह कार्यक्रम
वित्तिय संस्थाबाट वैदेशिक रोजगारलाई धितोको रुपमा लिएर उनको परिवारलाई सुलभ कर्जा दिने नीति अप्नाउने,
रोजगार श्रृजना गर्ने उधमीलाई अझ अवसर सिर्जना गर्न चाहेको खण्डमा विशेष सहुलियत र मद्दत गर्ने सेवक सरकार प्रणाली बनाउने
रोजगार मुद्दालाई छिटो छिनोफानो गर्ने एकल द्वार प्रणाली।
मध्यमकाल: १० लाख जनालाई रोजगार प्रदान गर्ने विवेकशील निति कार्यान्वनमा ल्याउने।
दिर्घकाल:नेपाललाई विश्वको अवसर सिर्जना गर्ने नमुना देशमा पुर्याउने। नेपाललाई उधमीहरुको देश भनेर चिनाउने।
प्रशासन:
योग्यतामुखी सेवक सरकार, पारदर्शी र प्रविधि उपयोगी सरकारी नीति
अल्पकालमा : बिगतमा गठित प्रशासन सुधार आयोगले दिएको प्रतिवेदनलाई समय सापेक्ष् हुने गरि लागू गर्ने, निश्चित समय दिएर सम्पूर्ण कर्मचारीको सेवा प्रदायी क्षमताको मूल्यांकन गरी सुधार गर्ने | सुधार गर्ने नसक्ने कर्मचारीलाई सेवा निव्रत गर्ने,
मध्यमकालमा : पूर्ण आधुनिक प्रशासन तथा सूक्ष्म सरकार जसका लागि सशक्त शिक्षा, स्थानीय निकाय र जवाफ माग्ने नागरिक शक्ति बनाउने। युनियनहरुलाई गैर-राजनीतिक बनाउने।
दीर्घकालमा : चुस्त र न्यून केन्द्रीय सरकारको अवधारणा स्थापित गर्ने, प्रसाशनिक खर्च यसको स्तर अभिब्रिदी गर्न प्रयोग गर्ने, वैज्ञानिक प्रणाली र विकेन्द्रीकरणलाई अवलम्बन गर्ने
समग्रमा:
प्रशासन संयन्त्र को पुन:समीक्षा गरि यो एक सेवा प्रदाएक संस्थाको रुपमा विकास गर्नु जरुरी छ। प्रशासनलाई हामीले प्रस्ताव गरेको ५ संघ (प्रदेश/क्षेत्र)मा बाँड्ने। प्रशासकको पनि आवधिक ( प्रत्येक ३ वर्षमा ) परीक्षा जरुरी छ जसले राम्रा कर्मचारीको पदोन्नति र असक्षम लाई अवकास गर्नेछ।
शिक्षा:
हरेक बालबालिका को उचित स्याहार , नैतिकता र सृजनशीलतामा आधारित भै आर्थिक समृद्धि, सामाजिक सदभावको विकाश र मुलुकको सार्वभौमिकताको रक्षा गर्ने शिक्षा नीति
अल्पकालमा :
शिक्षा क्षेत्रउत्क्रस्ता हासिल गर्न सो क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको संजाल निर्माण गर्ने, ‘सार्थक शिक्षा, उपयोगी सीप ’ नीति अवलम्बन गर्ने
सीपमूलक नेपालीहरुले विकट गाउँमा गएर २ वर्ष पढाउने अवधारणालाई देशव्यापी रुपमा लाने र संग-संगै शिक्षा र शीपमा केन्द्रित नमुना विद्यालयको विकास गर्ने
राजनीतिक दलका विद्यार्थी युनियनलाई निरूत्साहित गर्ने , त्यसको अाधुनिक विकल्प खोज्ने
विद्यालय शिक्षामा सिर्जनाशीलता बढाउने पाठ्यक्रम विकास गर्ने
मध्यमकालमा : स्तर अभिवृद्धिको लागि शिक्षामा व्यापक लगानी ( सेना र सशस्त्र, प्रशासन चुस्त बनाइ बचेको बजेट शिक्षकको गुणस्तर बढाउन र शिक्षक तालिम गर्ने समय सापेक्ष नविन संरचनामा लगानी गर्ने )
दीर्घकालमा : हरेक गाविसमा अत्याधुनिक एक एक वटा विधलाय स्थापना गर्ने जसले नैतिक शिक्षा, ज्ञान र सिप, राष्ट्र प्रेम सबै सिक्न सक्ने वातावरण स्थानीय स्तरमा दिन सकोस। प्राथमिक देखि माध्यमिक तहको गुणस्तरीय शिक्षा न्यूनतम शुल्कमा प्रदान गर्ने। १२ सम्म शिक्षा सबैलाई निशुल्क बनाउन। त्यसको लागि अावश्यक अतिरिक्त कर प्रणालीमा संशोधन गर्ने।
समग्रमा: विद्यालयमा प्राविधिक शिक्षा अनिवा र्य छ, त्यसैले मात्र उदध मशीलता प्रवर्द्धन गरी समृदि ल्याउन सक्छ। हामीलाई राष्ट्रिय सदभावको विकास गर्ने नागरिक र देशको रक्षक चाहिएको छ। त्यसैले सो हासिल गर्ने उपयोगी शिक्षा आवस्यक छ |
विज्ञान :
विज्ञानलाई सृजनशील कार्यमा प्रयोग गर्ने समय-सापेक्ष नीति बोकका छौँ।
अल्पकालमा : विद्यालय शिक्षामा सृजनशीलता बढाउने पाठ्यक्रममा लगानी। सूचना प्रविधिको प्रयोगलाई प्राथिमकता।
मध्यमकालमा : स्थानीय स्तरमा उद्योग, निर्माण र घरायसी व्यवहारिक प्रयोजनको निमित्त विज्ञानको प्रयोग , वैज्ञानिक अन्वेषणलाई सुरक्षित र विश्वको लागि उपयोगी बनाउन मदत गर्ने
दीर्घकालमा : : भाग्यवादी समाज क्रमश: वैज्ञानिक र विवेकशील बनाउने
समग्रमा: सहज आधुनिक सोचको विकास र विज्ञानलाई समाजमा स्थापित गर्ने दायित्व हामी माझ छ
पर्यटन:
धार्मिक, सांस्कृतिक अनि साहसिक,मनोरन्जनात्मक पर्यटनलाई बढावा दिने नीति
अल्पकालमा :उपलब्ध पूर्वाधारको पूर्ण प्रयोग र पर्यटकीय सम्भावना अनुरुप नयाँ पूर्वाधारको विकास गर्ने
मध्यमकालमा : पर्यटन प्रवर्द्धन गरी नेपालको मूल आय स्रोतको एक सबल पक्षको रुपमा लिन सक्ने गरी स्थापित गर्ने
दीर्घकालमा : मर्नु अघि एक पल्ट ‘घुम्नै पर्ने ठाउँ भनेकै नेपाल हो’ भन्ने संदेश प्रवाहित गर्ने अनि जनसंख्या बराबरको पर्यटक वार्षिक रुपमा भित्र्याउने।
समग्रमा - पर्यटनलाई आर्थिक बिकासको सहज माध्यम को रूपमा विकसित गर्ने , यसबाट निस्कने सद्भावले नेपाल सशक्त ‘सफ्ट पावर ‘को रूपमा उदय हुनेछ।
राजनीति :
राष्ट्रिय राजनीतिमा सफलता र सुसस्कार स्थापित गर्न राष्ट्र प्रेमी,योग्य र अनुभवि व्यक्तिलाई राष्ट्रको नेतृत्व गर्न प्रेरित गर्ने र राजनीतिक सुसंस्कृतिको वातावरण ल्याउनको लागि शुद्धीकरण नीति लिने, राष्ट्र हित र जन हित नै राजनीतिक दलको धर्म हो , सो अनुरूप कार्य गर्ने
अल्पकालमा :
राम्रा व्यक्तित्व र संगठनको संजाल निर्माण गरी जित जितको वातावरण बनाउने
आर्थिक तथा प्रशासनिक सुधार मूल कार्यनीति बनाउने
मध्यमकालमा :
‘राजनीतिक’ रुप लिएका भातृ संगठनहरुको अाधुनिक गैर-राजनीतिक संगठनको विकल्प खोज्ने
राजनीतक दलमा हुने नातावाद र कृपावादको अन्य गरी राष्ट्र हितमा काम गर्न अन्य संघ संगठनलाई प्रेरित गर्ने
राजनीति गर्नेहरुलाई उधमशील बाटो सिकाउने
दीर्घकालमा :
राजनीतिक दलहरुमा पारदर्शिता ल्याउने
राजनीतिक दलले सरकारी स्रोत र शक्तिको प्रयोग गर्न नसक्ने
राजनीतिलाई कसैले पूर्ण-कालीन पेशा बनाउन नपाउने
समग्रमा: राजनीतिलाई नेताको पेशा होइन राष्ट्र र समाज सेवा मुखी बनाउने।
पूर्वाधार निर्माण:
बनाउ, चलाऊ, फाईदा लेऊ अनि निश्चित समय पछि सरकारलाई फर्काऊ (समय-सापेक्षता) नीति
अल्पकालमा : स्थिर सरकार , निजी लगानी र सुरक्षाको प्रत्याभूति
मध्यमकालमा : विजुली, विमानस्थल ,नहर, सडक, उद्योग क्षेत्र
दीर्घकालमा : रेल, गोदाम (सुखा - पोर्ट ) र द्रुत पर्यावहनको विकास गरि , आन्तरिक उद्योग व्यापार को प्रबर्धन अनि भारत र चीन बीच व्यापार सेतु बन्ने
समग्रमा: राष्ट्रको विकासको संरचना बनाउन नेपालीले विदेशमा आर्जन गरेको विप्रेषणको सफल प्रयोग पूर्वाधार निर्माणमा लगानी गर्नु आवश्यक छ , जसले गर्दा उनीहरु प्रतिफल र सुविधा दुबैको भागीदार होऊन्। विदेशबाट फर्के पछि पनि उनीहरुको निरन्तर आयको निश्चितता होस् र राष्ट्र आर्थिक रुपमा दिगो विकास गर्न सकोस्
संविधान:
संक्षिप्त, व्यावहारिक तथा राष्ट्रिय हितको रक्षा गर्ने दिगो संविधान जसलाई समय सापेक्ष ढंगले संशोधन गरी ल्याउन मिल्नेछ। संविधानसभा साधन हो साध्य होइन - त्यसैले संविधान समयमा बन्नु पर्छ। निम्न कुराहरु हामी संविधानमा स्थापित गर्नेछौँ।
संघ(प्रदेश/क्षेत्र) -३ (अार्थिक स्वतन्त्रता, सामर्थता, प्राकृतिक तथा मानव श्रोतका आधारमा)
व्यक्तिगत स्वतन्त्रताको प्रत्याभूति , वालिग मताधिकार
कानुनी राज्यको पूर्ण प्रत्याभूति
हरेक नागरिकलाई शिक्षामा समान पहुँच ( १२ वर्ष ) + १ वर्ष राष्ट्र सेवा ( हरेक गाविसमा १ वा सो भन्दा बढी सरकारी स्कुल, मौलिक, व्यवहारिक तथा वैज्ञानिक पाठ्यक्रम र अभ्यास सुनिश्चित गर्ने नीति)
जबर्जस्ती बन्द वा सो प्रकृतिका कार्यक्रम प्रतिबन्धित हुनु पर्ने
महिला र बाल अधिकार तत्काल कार्यान्यन हुनु पर्ने
धार्मिक स्वतनत्रता तर व्यक्तिले गरेको धर्म परिवर्तन दर्ता गर्नु पर्ने प्रावधान ( ताकि धर्म परिवर्तन धन्दा नबनोस् र समाजलाइ बाहिरी तत्वले खल्बल्याउन नसकुन्)
राष्ट्रिय सरोकारका अधिकतम विवादास्पद मुद्दाको निर्णय गर्न जनमत संग्रहको प्रावधान राख्ने
यदि आरक्षण गर्ने हो भने पदमा होइन बरु प्रशिक्षण/पढाइमा र जातीयताको आधारमा होइन आर्थिक वर्गको आधारमा हुनुपर्छ
समयानुरुप संविधान संशोधन भै रहने
समग्रमा: संविधान भनेको राष्ट्र र जन हितको उद्देष्य प्राप्तीको लागि सुधारोन्मुख मुल कानुन हो। देशमा बिध्यमान समस्याहरुलाई हल गर्न संबिधानमा समयसापेक्ष रुपमा परिमार्जन गर्दै जानु पर्छ।
COMMENTS