प्रेस विज्ञप्ति: नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बारे विवेकशील नेपाली दलको धारणा

'नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे विवेकशील नेपाली दलको धारणा नेपालको संविधानको धारा १८ को उपधारा (१), (२) र ...



'नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे विवेकशील नेपाली दलको धारणा




नेपालको संविधानको धारा १८ को उपधारा (१), (२) र (३) मा सबै नागरिक समान हुन् भन्ने मूल अवधारणा छ । तर धारा ११ को उपधारा (७) अनुसार नेपाली महिलाले विदेशी नागरिकसँग विवाहपछि जन्माएको सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था छ । नेपाली पुरुषले विदेशी नागरिकसँग विवाहपछि जन्मिएको व्यक्तिलाई कसरी प्रदान गर्ने भनेर व्यवस्था नराखिएकोले उक्त सन्तानले वयस्क भएपछि वंशजको नागरिकता पाउँछ । संविधानको नागरिकता सम्बन्धी व्यवस्थाले महिला र पुरुषको हकमा समान व्यवस्था नबनाई महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरेको स्पष्ट देखिन्छ ।




कुनै पनि नयाँ विधेयकले पुरानो ऐनलाई सच्च्याउनुपर्छ। तर यस विधेयकले पनि महिलाबाट पाइने नागरिकतामा विभेद गरी महिलालाई दोस्रो दर्जामै राखेको छ । सबै नागरिक समान भन्ने मूल अवधारणालाई स्विकार्दै नागरिकता विधेयकमा नेपाली आमाको हक नेपाली बुवाको हक सरह बराबर स्थापित गर्नु पर्छ।




नागरिकता पाउने अधिकार र नागरिकता वितरणमा आउने समस्यालाई सरकारले फरक फरक तरिकाले सम्बोधन गर्नु पर्ने हुन्छ । नागरिकता पाउने अधिकार मानव अधिकार भएकोले यो अधिकार नेपाली महिला, पुरुष र तेस्रो लिङ्गी सबैको समान हुनुपर्दछ । तर यदि कुनै पनि नेपाली नागरिकले वा विदेशीले गैर कानुनी रूपमा नेपाली नागरिकता लिएको भेटिएमा - जस्तै कानुन विपरीत दोहोरो नागरिकता लिएमा वा लिने कोसिस गरेमा, निजमाथि नेपालको संघीय़ फौजदारी अपराधका ऐनद्वारा कडा सजाय दिने प्रावधान राख्न पनि विवेकशील नेपाली माग गर्दछ ।




यस्तो गैरकानुनी कार्यमा मद्दत गर्ने जो कोहीलाई पनि त्यत्तिकै कडा कारबाही हुने ऐन बनाउनु जरुरी छ। यस सम्बन्धी समयमै अनुसन्धान र कारबाही गर्न चाहिने उचित श्रोत र व्यवस्थापन सरकारबाट तुरुन्तै प्रमुख दायित्वका साथ बनाइयोस् । नागरिकता सम्बन्धी बनाइने कुनै पनि ऐन कानुनहरू दूरदर्शी तथा चुस्त हुनुपर्छ जुन सबै नेपालीलाई बराबर लागू हुनुपर्छ र कानुनको निष्पक्ष र सख्त कार्यान्वयनबाट उत्प्रेरित भई लागु हुनुपर्छ भन्ने विवेकशील नेपाली दलको विश्वास छ ।




नेपाल आमाको जय होस् !




मिलन पाण्डे

प्रवक्ता

विवेकशील नेपाली

२०७५ चैत ३




जिज्ञासा-साथ-सहयोगका लागि:

इमेल: bibeksheelnepali@gmail.com

फोन: 9851166863

www.bibeksheelnepali.org

COMMENTS

Name

blog,3,campaign,11,ccmember,1,debate,3,document,2,govindanarayan,1,ideology,4,interview,4,news,4,policy,1,pressrelease,6,stands,10,sticky,1,update,21,video,8,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस विज्ञप्ति: नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बारे विवेकशील नेपाली दलको धारणा
प्रेस विज्ञप्ति: नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बारे विवेकशील नेपाली दलको धारणा
https://1.bp.blogspot.com/-Ap2gWVdHnwM/XFJsU51GnTI/AAAAAAAAAgk/R_gXOEthg7wzRsSsw3zTkL-p6yzx55VXgCPcBGAYYCw/s320/bibeksheel-nepali-press-release.jpg
https://1.bp.blogspot.com/-Ap2gWVdHnwM/XFJsU51GnTI/AAAAAAAAAgk/R_gXOEthg7wzRsSsw3zTkL-p6yzx55VXgCPcBGAYYCw/s72-c/bibeksheel-nepali-press-release.jpg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2019/03/press-release-citizenship-bill.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2019/03/press-release-citizenship-bill.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy