नेपाल सरकार र कतार सरकार विच भएको श्रम समझौता आज 14 वर्ष पछी पुन संसोधन सहित करार समझौता हुने भएको छ। नेपाली दूतावास दोहा कतारको निमन्त...
नेपाल सरकार र कतार सरकार विच भएको श्रम समझौता आज 14 वर्ष पछी पुन संसोधन सहित करार समझौता हुने भएको छ। नेपाली दूतावास दोहा कतारको निमन्त्रणामा विवेकशिल नेपाली दल कतारको प्रतिनिधित्व गर्दै आज म र टंक चौलगाई ( दाई) नेपाली दूतावासमा उपस्थित भएको थियौ।

१) नेपाली श्रमिकले पाउने तलब सुविधा अन्य देशका नागरिक सरह पाउनू पर्ने।
२) २४ सै घण्टा इनसुरेन्स हुनू पर्ने। हाल कामको बेला मात्र केही भएमा क्षतिपूर्ति पाउने गर्छ।
३) मेडिकल सुविधा अनिवार्य हुनू पर्ने।
४) कतार आगमन पश्चात् केही दिनमा नै आईडी प्राप्त हुनू पर्ने।
५) दक्ष र अनुभवी व्यक्ति आउदा उचित पारिश्रमिक दिनू पर्ने।
६) संभव भए सम्म केही शिप मूलक तालीम दिने व्यवस्था मिलाउन अनुरोध गर्ने कतार संग र नेपाल सरकारले पनि ।
७) श्रमिक बस्ने बासस्थान सफा, शान्त र मनोरंजन हुने हुनू पर्यो।
८) सके सम्म अन्य विकसीत देशमा जस्तै सरकारको तर्फबाट नै श्रमिक पठाउने वातावरण भयो भने दलाल बाट ठगीन पर्ने थिएन।
९) विदेशमा महिला श्रमिक पठाउन परेको खण्डमा आधारभूत शिप अनिवार्य गर्ने।
१०) घरमा काम गर्ने महिला करार अवधि सकिए पछी आउन चाहे पुन आउन पाउने वातावरण बनाऊने l आज सम्म आउने व्यवस्था छैन।
COMMENTS