एस्ईई परीक्षाको प्रश्नपत्र बारम्बार बाहिरिएको विषयमा विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। विवेकशील नेपाली दल यो क्रियाकला...
एस्ईई परीक्षाको प्रश्नपत्र बारम्बार बाहिरिएको विषयमा विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। विवेकशील नेपाली दल यो क्रियाकलापको घोर भत्सर्ना गर्दछ।
शिक्षा मन्त्रीले तत्काल यो सम्पूर्ण घटनाको जिम्मेवारी लिन जरुरी छ। साथै, सरकारले यथाशीघ्र अधिकार सम्पन्न छानबिन आयोग गठन गरी यो घटनाको स्वतन्त्र ढङ्गबाट छानबिन गर्न र सम्बन्धित परीक्षा बोर्डका पदाधिकारीहरूलाई समेत निलम्बन गर्न विवेकशील नेपाली माग गर्दछ। दोषीलाई कडाभन्दा कडा कारबाही गरी भविष्यका लागि नजिर स्थापित गर्न समेत हामी माग गर्दछौँ। विवेकशील नेपाली दलले यो घटनालाई पनि लुटतन्त्रकै अर्को उदाहरणको रूपमा लिएको छ।
प्रदेश २ मा लगातार प्रश्नपत्र बाहिरिँदै गर्दा, यसबाट विद्यार्थी अनि अभिभावकमा उत्पन्न भएको मानसिक तनावलाई सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ। यो खबरसँगै देशैभरिका एस्ईई परीक्षार्थीमा अन्योलताको माहौल सिर्जना भएको छ।
लाखौँ विद्यार्थीको वर्षौँको मेहनत अनि प्रतीक्षाको यति महत्त्वपूर्ण परीक्षामा प्रश्नपत्रमा बारम्बार त्रुटिहरू भेटिनु र प्रश्नपत्र बाहिरिनुले हाम्रो शैक्षिक, राजनैतिक अनि प्रशासनिक क्षमताको उजागर गरेको छ।
विद्यार्थीको भविष्यमा यो हदसम्मको लापरबाही क्षम्य छैन र बनाइनु हुँदैन। तसर्थ, विवेकशील नेपाली दल सम्पूर्ण विद्यार्थी अनि अभिभावकको पक्षमा रहेको समेत यही विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौँ।
मिलन पाण्डे
प्रवक्ता
विवेकशील नेपाली
२०७५/१२/१५
जिज्ञासा-साथ-सहयोगका लागि:
इमेल: bibeksheelnepali@gmail.com
फोन: 9851166863
www.bibeksheelnepali.com
COMMENTS