विवेकशील नेपाली दल कतारको १२ एप्रिल २०१९ मा दोहा कतारमा अन्तराष्ट्रीय समितिका उपाध्यक्ष सुरेश भट्ट आश्रिनको उपस्थितमा सम्पन्न भएको भेला...
विवेकशील नेपाली दल कतारको १२ एप्रिल २०१९ मा दोहा कतारमा अन्तराष्ट्रीय समितिका उपाध्यक्ष सुरेश भट्ट आश्रिनको उपस्थितमा सम्पन्न भएको भेलाले २६ सदस्यिय कार्यासमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टंक चौलगाई र हरीओम पौडेललाई संगठनको महासचिव पदमा नियुक्त गरिएको छ। सचिवमा कुमार लामीछाने र कोषाध्यक्षमा दोहामा व्यासाय गर्दै आउनू भएका तीर्थराज कार्की चयन भएका छन् । सहयोगीमा कल्याण थापा, कृष्ण शर्मा पौडेल रहेका थिए ।
समितिको न्याय तथा सुशासन विभागमा महेश गजुरेल, जय शाह, सिर्जना खड्का हुनूहून्छ भने संगठन विस्तार प्रमुखमा संजीव कुमार रंजितकार, अरविन्द्र चौधरी, टिका दुलाल, हरि गुबाजु र आनन्द घिमिरे रहेका छन ।
विवेकशिल नेपाली कतारलाई आवास्यक सल्लाह, सुझाव तथा परामर्शका लागि सल्लाहर मेत चयन गरिएको छ । सल्लाहकारमा कल्याण अधिकारी, सुवास गौतम छन भने सामाजिक हेल्प डेक्समा राजकुमार खत्री, शुन्दर नेपाली, सन्तोष पौडेल, रमेश निराैला, शर्मिला धिमाल रहनू भएको छ ।
त्यस्तै सर्जकहरु लिलानाथ घिमीरे, युवराज अधिकारी, बुद्धराज राई, दिपक गौतमको सहभागितामा साहित्य सर्जक समूह पनि गठन गरिएको छ । चयन भएका सदस्यहरुले देशको लागी निष्ठा, पारदर्शिता, उत्कृष्टता, साहस, समानुभूित, विनम्रता प्रकट गर्दै प्रवासमा रहे पनी देश प्रति समर्पित हुने बाचा गर्नू भएको विवेकशीलको अन्तराष्ट्रिय संयोजन समितिका उपाध्यक्ष सुरेश भट्टले बताउनुभयो ।
COMMENTS