"लुटतन्त्र" लाई "पारदर्शिता" मन पर्दैन। - उज्वल थापा, अध्यक्ष, विवेकशील नेपाली। राष्ट्रिय प्रहरी प्रतिष्ठानको जग्ग...
"लुटतन्त्र" लाई "पारदर्शिता" मन पर्दैन। - उज्वल थापा, अध्यक्ष, विवेकशील नेपाली।
राष्ट्रिय प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयमा गाभ्ने विषयमा मागिएको सुचना नेपाल सरकार, प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यलयले नदिए पछि पुनरावेदनको लागि राष्ट्रिय सुचना आयोग पुग्नुभएका विवेकशील नेपालीका अध्यक्ष उज्वल थापा भन्नुहुन्छ : "लुटतन्त्र" लाई "पारदर्शिता" मन पर्दैन। लोकतन्त्र जोगाउने हो भने "लोकतन्त्र" का दुई खम्बाहरु "पारदर्शिता" र "जवाफदेहीता" लाई बलियो बनाउनु पर्छ। त्यसैले आ-आफ्नो वार्ड, गाउँपालिका, नगरपालिकामा सुचनाको हक प्रयोग गरेर लोकतन्त्र लाई बलियो बनाउने अभियानमा जुट्नको लागी सबैमा आव्हान पनि गर्नु भयो।

COMMENTS