असार १३ देखि १५ गते रोल्पाको लिवाङमा विवेकशील नेपालीले नीति सम्मेलन गर्दै! देशलाई चाहिने विवेकशील नीति लगायत दलहरूमा चाहिने संघीय गणता...
असार १३ देखि १५ गते रोल्पाको लिवाङमा विवेकशील नेपालीले नीति सम्मेलन गर्दै!
देशलाई चाहिने विवेकशील नीति लगायत दलहरूमा चाहिने संघीय गणतान्त्रिक संरचना बनाउने सुसंस्कारको शुरुवात ।
देशलाई चाहिने विवेकशील नीति लगायत दलहरूमा चाहिने संघीय गणतान्त्रिक संरचना बनाउने सुसंस्कारको शुरुवात ।
विवेकशील नेपाली दलले २०७६ असार १३ देखि १५ गतेसम्म दलको नीति सम्मेलन गर्ने भएको छ । शान्तिको सन्देश प्रवाह गर्दै सम्मेलनको आयोजना प्रदेश ५ को रोल्पा जिल्ला सदरमुकाम, लिवाङमा गर्ने निर्णय आयोजक समितिले गरेको हो । सम्मेलनमा सातवटै प्रदेश र प्रवास (जसलाई विवेकशील नेपालीले एक छुट्टै प्रदेशको रुपमा मानेको छ) बाट पनि सदस्यहरू सहभागी हुनेछन्। यो भेलामा सहभागितामूलक लोकतन्त्रको अभ्यासलाई व्यवहारत: आत्मसाथ गर्दै दलका सार्वभौम सदस्यहरूले २१ औँ शताव्दी संघीय गणतन्त्र सापेक्ष दलको विधान, राजनीतिक दस्ताबेज एवं महत्त्वपूर्ण नीतिहरू माथि छलफल गरी आवश्यक निर्णय लिनेछन् ।
दलको अन्तरिम विधानको व्यवस्था बमोजिम गठित दलको ४२ सदस्यीय सङ्घीय समितिले सम्मेलन आयोजक समितिको भूमिकामा रहि आवश्यक तयारीका कार्य अन्तिम चरणमा पुर्याइसकेको छ । सम्पूर्ण प्रदेश समितिहरूको सहभागितामा सदस्यहरूबाट विभिन्न चरणमा छलफल गर्दै/गराउँदै, आयोजक समितिले दलको विधान अनि राजनैतिक दस्तावेजहरु माथि सुझाव समेत सङ्कलन गरिरहेको छ | यसैगरी दस्ताबेज समिति र सम्मेलन व्यवस्थापन समिति सक्रियतापूर्वक लागिपरेको छ। दलका सदस्यहरू र शुभचिन्तकलाई असार १० गतेसम्म कुनै पनि संशोधन प्रस्ताव वा नयाँ दस्ताबेज पेस गर्न सकिने गरी सङ्घीय समिति (आयोजक समिति) को २०७६ जेठ २५ र २६ गते काठमाडौँमा बसेको बैठकले आव्हान समेत गरेको छ |
विगत ७ वर्षका नवीन राजनीतिक अनुभवहरूलाई आत्मसात गर्दै नेपालमा विवेकशील अभियान अझै नयाँ शिराबाट माथि उठ्दै गरेको यस ऐतिहासिक घडीमा समस्त शुभचिन्तकमा साथ र सहयोगको निम्ति अनुरोध पनि गर्दछौँ | विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार एवं हितकारी राज्यको अवधारणामा टेकेर हाम्रै जीवनकालमा सुसंस्कृत राजनीतिका माध्यमबाट समतामूलक संवृद्धि हाँसिल गर्ने स्वाभिमानी यात्रामा जोडिन समस्त नेपाली नागरिकहरूमा हार्दिक अपिल गर्दछौँ ।
उज्वल थापा
अध्यक्ष
विवेकशील नेपाली दल
मिति: २०७६ जेठ २९
COMMENTS