प्रेस विज्ञप्ति: विश्वविद्यालयमा भागबण्डा बन्द गर !

विश्वविद्यालयमा भागबण्डा बन्द गर ! विवेकशील नेपाली दल शैक्षिक संस्थाहरूमा हुने गरेको दलीयकरणको अन्त्यको जोडदार माग गर्दछ। ...



bibeksheel-logo-final-print.png
विश्वविद्यालयमा भागबण्डा बन्द गर !

विवेकशील नेपाली दल शैक्षिक संस्थाहरूमा हुने गरेको दलीयकरणको अन्त्यको जोडदार माग गर्दछ। साथै, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाए अनुरूप ट्रस्टीका माध्यमबाट कुलपति अनि अन्य पदाधिकारीको छनोट गर्न समेत अपिल गर्दछ। 

विवेकशील नेपाली दलीयकरणको आधारमा हुने विश्वविद्यालयको पदाधिकारी छनौटलाई खबरदारी अनि बहिष्कार गर्न समेत सम्पूर्ण राजनैतिक दल, विद्यार्थी, प्राध्यापक, नागरिक समाज लगायत सम्पूर्ण आम नागरिकहरूमा अपिल समेत गर्दछ। लाखौँ युवाहरूको भविष्य अनि मुलुककै भविष्यसँग जोडिएको विषयमा सरकार अनि सरोकारवालाहरूलाई गम्भीर भएर सोच्न समेत अनुरोध गर्दछ।
स्वायत्त रहनुपर्ने विद्यालय अनि विश्वविद्यालयहरू चरम दलीयकरण, अझ गुटबन्दीको सिकार बनेका छन्। अधिकांश क्याम्पस प्रमुखहरू भागबन्डामै बनाइएका छन्। फलस्वरूप, शिक्षा क्षेत्र नै धराशायी बनिसकेको छ। नेकपाको सरकारलाई यो सच्याउने राम्रो मौका छ। तसर्थ, हाल रिक्त रहेका पदहरूमा नमस्कार गर्दै माग्न आउनेहरूलाई होइन कि सक्षम व्यक्ति खोजेर निष्पक्ष प्रक्रियाको आधारमा नेतृत्व दिने मौका आएको छ। तर, सरकारले जसरी सात महिनादेखि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन लुकाएको छ। त्यसले सरकारले राम्रो भन्दा पनि हाम्रो नै मान्छे नियुक्त गर्ने बुझिएको छ। यो प्रक्रिया समाधान होइन, यो समस्या नै हो। हेक्का रहोस्। 

संवृद्धिका निम्ति सबैभन्दा महत्त्वपूर्ण आधार नै शिक्षा हो। विश्व इतिहास हेर्ने हो भने राष्ट्रको उन्नतिमा विश्वविद्यालयकै महत्त्वपूर्ण हात रहेको देखिन्छ। कुनै दलको नेताले दलीय स्वार्थले हस्तक्षेप गरेर विश्वविद्यालय उत्कृष्ट हुँदैन। तर हामी भने हाम्रा कार्यकर्तालाई उपहार स्वरूप विश्वविद्यालय अनि क्याम्पस सुम्पन्छौँ। चाहे, त्यो व्यक्ति नैतिकवान् अनि क्षमतावान् होस् वा नहोस्। 

विवेकशील नेपाली दल कुनै पनि हालतमा दलीय भागबन्डाका आधारमा विश्वविद्यालयका कुनै पनि पदमा नियुक्ति नगर्न खबरदारी गर्दछ। साथै, विश्वविद्यालयको नेतृत्व अनि व्यवस्थापनमा योगता, क्षमता अनि उत्कृष्टताको आधारमा नेतृत्व चुन्न पनि अनुरोध गर्दछ। साथै, प्रधानमन्त्री कुलपति अनि शिक्षामन्त्री सह - कुलपति हुने व्यवस्थाको अन्त्य गर्न पनि जोडदार माग गर्दछ।


मिलन पाण्डे
प्रवक्ता,
विवेकशील नेपाली दल
फोन: ९८५११६६८६३
२०७६ श्रावण २६



COMMENTS

Name

blog,3,campaign,12,ccmember,1,debate,3,document,1,govindanarayan,1,ideology,4,interview,8,news,1,policy,2,pressrelease,20,stands,10,sticky,1,update,17,video,12,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस विज्ञप्ति: विश्वविद्यालयमा भागबण्डा बन्द गर !
प्रेस विज्ञप्ति: विश्वविद्यालयमा भागबण्डा बन्द गर !
https://1.bp.blogspot.com/-xAVB9rMHByc/XG1lZP4rIEI/AAAAAAAAdcs/6jyOw1f6JM0r5mSeDkacU_FmeDldstxxwCPcBGAYYCw/s320/bibeksheel-nepali-press-release.png
https://1.bp.blogspot.com/-xAVB9rMHByc/XG1lZP4rIEI/AAAAAAAAdcs/6jyOw1f6JM0r5mSeDkacU_FmeDldstxxwCPcBGAYYCw/s72-c/bibeksheel-nepali-press-release.png
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2019/08/blog-post.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2019/08/blog-post.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy