प्रेस रिलिज: विवेकशील नेपालीको नयाँ अध्याय सुरु

प्रेस रिलिज: विवेकशील नेपालीको नयाँ अध्याय सुरु विवेकशील नेपाली दलले असोज २८ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन भव्यताका सा...



प्रेस रिलिज: विवेकशील नेपालीको नयाँ अध्याय सुरु

विवेकशील नेपाली दलले असोज २८ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन भव्यताका साथ प्रदेश २ को राजधानी जनकपुरमा सम्पन्न गरेको छ। गत असारमा रोल्पामा नीति सम्मेलन गरेको विवेकशील नेपाली दलले यस पटक जनकपुरबाट राष्ट्रिय सम्मेलन गर्दै आफ्नो नेतृत्व चुनेको हो।

विवेकशील नेपाली दलले आफ्नो पदाधिकारीमा कम्तीमा ५० प्रतिशत महिला नेतृत्व सुरक्षित गरेको छ। १८ वर्षदेखि २१ वर्षसम्मको दुइजना युवालाई केन्द्रीय कमिटीमा सम्मिलित गर्नैपर्ने व्यवस्था गरेको छ। साथै, यसपालि विवेकशील नेपाली दलले दुईवटा अर्को अभ्यास पनि गर्‍यो। पहिलो, माथिको मध्ये कसैलाई पनि दिन्न ( नो भोट ) अनि दोस्रो, देशमै अनि विदेशमा रहेका सदस्यहरूलाई समेत अनलाइन भोट हाल्न सकिने व्यवस्था। विवेकशील नेपालीले राष्ट्रिय राजनीतिमा पनि विदेशमा रहेका नेपालीहरुले भोट हाल्न पाउनुपर्ने मुद्दा उठाइरहेको छ, त्यसमा विवेकशील नेपालीले आन्तरिक अभ्यास गरेर नयाँ आरम्भ गरेको छ। 

राष्ट्रिय सम्मेलनकै दौरान, विवेकशील नेपाली दलका नेतृत्वले स्थानीय आम नागरिक, नागरिक अभियन्ता, बुद्धिजीवी, विभिन्न दलका नेता अनि सांसदहरूसँग अन्तरक्रिया गरेको थियो। मितेरी संवाद अनि समानुभुती संवाद गरेको थियो। कार्यक्रममा प्रदेश दुइका मुख्य मंत्री, सभासद, नेता, अभियन्ताहरु लगायत विभिन्न व्यक्तित्वहरु आएर शुभकामना दिएका थिए।

विवेकशील नेपाली दलले संघीय समितिको निर्वाचनमा अध्यक्षमा मिलन पाण्डे, उपाध्यक्षमा अजीता राई, महासचिवमा निर्देश सिलवाल, कोषाध्यक्षमा सुमित्रा गुरुङ, नीति सचिवमा सञ्जीव भट्टराई अनि व्यवस्थापन सचिवमा संगीता बाटाजु निर्वाचित गरेको छ। 

अध्यक्षका प्रत्याशी शिव थापा, महासचिवका प्रत्यासी कर्मा तामाङ, नीति सचिवका प्रत्यासी विजयबाबु सिवाकोटी, व्यवस्थापन सचिवका प्रत्यासी अनुमा कोइरालाले समेत ३३ प्रतिसत भन्दा बढी मत ल्याएको हुनाले उनीहरु पनि दलको विधान बमोजिम स्वतः संघिय समिति सदस्यका रुपमा संघिय समितिमा सम्मेलित भएका छन्।

त्यस्तै, संघीय समिति सदस्यमा आलोक सुवेदी, आशुतोष प्रधान, महेश पाठक, जेसन वैद्य, सचेन घले, प्रमेश श्रेष्ठ, आशिष राई, कृष्ण भट्टराई, शिशिर राई, शिशिर बंजारा निर्वाचित भएका छन् । समिति सदस्य महिलामा रजिया बानु, प्रतिभा डङ्गोल र सरला लामिछाने निर्वाचित भएका छन् । संघीय सदस्य (आदिवासी/जनजाति) मा छिरिङ तामाङ, संघीय सदस्य (मुस्लिम समुदाय) जमाल अलि, संघीय सदस्य (युवा समूह) मनिश खनाल निर्वाचित भएका छन्। 

नीति सम्मेलन अनि राष्ट्रिय सम्मेलन सफल पार्न नेतृत्व लिने आयोजक समिति, व्यवस्थापन समिति अनि सम्पूर्ण सदस्यहरुमा नयाँ कार्यसमिति धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छ। 

नयाँ कार्यसमितिलाई शुभकामना दिने सम्पूर्ण नागरिकहरू, मतादाताहरु, विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका अगुवा, बुद्धिजीवीहरू, पत्रकारहरूमा नयाँ संघीय समितिको तर्फबाट आभार व्यक्त गर्दछौँ। 

नेपाल आमाको जय होस्।

संजिव भट्टराई 
नीति सचिव 
विवेकशील नेपाली दल





COMMENTS

Name

blog,3,campaign,12,ccmember,1,debate,3,document,1,govindanarayan,1,ideology,4,interview,8,news,1,policy,2,pressrelease,20,stands,10,sticky,1,update,17,video,12,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस रिलिज: विवेकशील नेपालीको नयाँ अध्याय सुरु
प्रेस रिलिज: विवेकशील नेपालीको नयाँ अध्याय सुरु
https://1.bp.blogspot.com/-1sERATzbYas/XcxnH8XrvLI/AAAAAAAAjRM/Ok7W_zVOIF41kjTNhixwBIfDFSSuckYWgCEwYBhgL/s320/bibeksheel-nepali-press-release.png
https://1.bp.blogspot.com/-1sERATzbYas/XcxnH8XrvLI/AAAAAAAAjRM/Ok7W_zVOIF41kjTNhixwBIfDFSSuckYWgCEwYBhgL/s72-c/bibeksheel-nepali-press-release.png
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2019/10/new-chapter.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2019/10/new-chapter.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy