प्रेस विज्ञप्ती: कालापानी क्षेत्रलाई भारतको नक्सामा समेटिएको बारेमा विवेकशील नेपाली दलको धारणा भारतले हालसालै जारी गरेको आधि...
प्रेस विज्ञप्ती:
कालापानी क्षेत्रलाई भारतको नक्सामा समेटिएको बारेमा विवेकशील नेपाली दलको धारणा
भारतले हालसालै जारी गरेको आधिकारिक राजनीतिक नक्सामा विगतदेखिको प्रमाणका आधारमा नेपाली भूभाग भनी मानिएको कालापानी (जसलाई सन् १९६२ को भारत चीन युद्धको समयदेखि भारतले आफ्नो हो भन्ने दावी गर्दै व्यवहारिक नियन्त्रणमा राखेको छ), लिपुलेक र लिम्पियाधुरा लाई भारतीय भूमि भनी उल्लेख गरिएकोमा विवेकशील नेपाली दल नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।
नेपाल भारतको सीमा विवाद भएका कालापानी, सुस्ता जस्ता क्षेत्रहरुको विवादको बारेमा दुई देशले परराष्ट्र सचिवको स्तरमा विवाद सल्ट्याउन संयन्त्र निर्माण भएको तथा स्थायी सीमा निर्धारण गर्ने सम्बन्धमा प्राविधिक तहबाट काम भैरहेको परिस्थिति छ । विवाद भएको क्षेत्रको बारेमा गठित संयन्त्रले अन्तिम निष्कर्ष नदिइकन एकलौटी तर्फबाट उक्त विवादित क्षेत्रलाई आफ्नो नक्सामा सामेल गर्ने भारतीय कदम अनपेक्षित छ र उक्त कदमको विवेकशील नेपाली दल विरोध गर्दछ।
यस विषयमा नागरिक समक्ष आफ्नो पक्षका प्रमाणहरु जारी गर्ने तथा कूटनीतिक पहलबाट भारतसँग प्रष्ट रुपमा वार्ता गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखोस् भन्न चाहन्छौँ । यही भूभागको लिपुलेकलाई २०७२ जेठमा भएको भारत चीन सम्झौतामा द्विपक्षीय व्यापारिक केन्द्रको रुपमा विकास गर्ने सहमति भएकोमा भारतबाट हालसालै जारी नक्सालाई चीनबाट स्वीकार्ने परिस्थिति नबनोस् भन्ने तर्फ पनि कूटनीतिक पहल अगाडि बढाउन आग्रह गर्दछौं।
यस विषयमा देशको भौगोलिक अखण्डतालाई कायम राख्न सरकारले चाल्ने कूटनैतिक पहलहरुको विवेकशील नेपाली दल पूर्णरुपमा समर्थन गर्दछ र सरकारलाई आवश्यक परेको सहयोग गर्न सम्पूर्ण पार्टी पंक्ति हरदम तयार रहेको व्यहोरा पनि जानकारी गराउँदछ।
सञ्जीब भट्टराई
नीति सचित
विवेकशील नेपाली दल
२०७६ साल कार्त्तिक २० गते
Best Regards,
Learner,
President- Bibeksheel Nepali Dal Writer,
Civil Engineer, Socio-Political Activist,
Candidate Of Parliamentary election of Ktm-9,
Phone : +977 9851166863
Facebook : www.facebook.com/MilanLeads
Twitter : https://twitter.com/MilanPandey
COMMENTS