२० लाख पर्यटकहरूलाई नेपाल भित्र्याउने लक्ष्यको साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल वर्ष २०२०’ लाई विवेकशील नेपाली दलले पर्यटन क्षेत...
२० लाख पर्यटकहरूलाई नेपाल भित्र्याउने लक्ष्यको साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल वर्ष २०२०’ लाई विवेकशील नेपाली दलले पर्यटन क्षेत्रको विकासको लागि सकारात्मक कदम मान्दै साथ दिने निर्णय गरेको छ।
पुस १४ गते बसेको दलको सङ्घीय समितिको बैठकले दलको तर्फबाट प्रवासका सबै देशका संयोजकहरूलाई ‘सद्भावना दूत’ नियुक्त गरेको छ। सद्भावना दूतको रूपमा उनीहरूले पर्यटन वर्ष २०२० लाई सफल पार्न आफू रहेको देशमा नेपालको पर्यटन प्रवर्धनको लागि उपयुक्त अभियान तथा कार्यक्रमहरू सञ्चालन गर्ने छन्। विवेकशील नेपाली दल पर्यटन वर्षलाई सफल पार्न पर्यटकहरूलाई ‘अतिथि देवो भव:’ को नेपाली संस्कृति अनुरूप न्यानो आतिथ्यता प्रदान गर्न आम नेपाली नागरिकहरूलाई सादर आह्वान गर्दछ।
पर्यटन वर्षको संघारमा आइपुग्दा पनि पर्यटकहरूलाई सहज हुने पूर्वाधार बनाउन नेपाल सरकार अझै चुकिरहेको अवस्थाले भने हामी निक्कै चिन्तित छौँ। हवाइ यातायातमा हुने झन्झट, पर्यटकहरूलाई आवश्यक विशेष सुरक्षा व्यवस्थाको अभाव, होटेल-लज लगायत आवास स्थलको न्यूनतम सुविधामा एकरूपता तथा निगरानीको अभाव आदि समस्याहरूले गर्दा नेपाल आउने पर्यटनहरूको अनुभव नराम्रो रहन सक्ने हुँदा यी विषयमा यथाशीघ्र सुधारका लागि यथोचित कदम चाल्न नेपाल सरकार पर्यटन मन्त्रालय लगायत सम्बन्धित निकायहरूलाई विवेकशील नेपाली दल जोडदार माग गर्दछ।
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
मिति २०७६/०९/१५

COMMENTS