प्रेस विज्ञप्ति: सूचना प्रविधि विधेयकको विषयमा विवेकशील नेपाली दलको धारणा

संघीय संसदको प्रविधि तथा सुशासन समितिले बहुमतले  पारित गरेको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मौलिक हकलाई बन्देज...

संघीय संसदको प्रविधि तथा सुशासन समितिले बहुमतले  पारित गरेको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मौलिक हकलाई बन्देज लगाउने, नव प्रवर्तनलाई निरुत्साहित गर्ने, विधिको शासन तथा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएकोले  त्यसमा आधारभूत संसोधन गरी मात्र संसदबाट पारित गर्न  विवेकशील नेपाली दल जोडदार रूपमा माग गर्दछ।

सूचना प्रविधि विधेयकको अभिव्यक्ति स्वतन्त्रतालाई नियमित गर्ने भाग यस विधेयकमा राख्न जरुरी छैन । मुलुकी फौजदारी संहितामा सामान्य माध्यमबाट गरिने गाली बेइज्जती तथा सामाजिक सञ्जाल लगायतबाट गरिने कसुरको सम्बन्धमा दण्ड जरिवानालाई तोकेर नै उल्लेख भैसकेको छ ।  यस विधेयकमा प्रस्तावित तथा मुलुकी ऐनमा भएका तोकिएका दण्ड जरिवानाको मात्रामा अत्यधिक धेरै फरक देखिएकोले यस विधेयक विशेष गरेर सामाजिक सञ्जाल लाई नियन्त्रित गर्ने मनशायले आएको प्रष्ट हुन्छ र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अंश खारेजयोग्य छन् ।

दफा ६५ मा, ‘कसैले अनुमति नलिई वा अनुमति लिएको अवधिभन्दा बढी अवधि सूचना प्रविधिसम्बन्धी उपकरणको प्रयोग गर्न वा प्रयोगका लागि अरू कसैलाई उपलब्ध गराउनुहुँदैन’ भन्ने उल्लेख छ । 

दफा ९१ मा सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने र नगरेमा सरकारले ती सञ्जालको प्रयोगलाई रोक लगाउन सक्ने व्यवस्था राखिएको छ । सामाजिक सञ्जालको परिभाषाअनुसार अन्तरक्रियात्मक सञ्चार गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित प्रणाली भनेकोले फेसबुक, युट्युब, भाइबर, गुगल, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालदेखि सुबिसु, वर्ल्डलिंकजस्ता इन्टरनेट सेवाप्रदायकसम्म पर्छन् ।

दफा ३३ मा सूचना प्रविधि नियन्त्रकलाई विना रोकतोक कम्युटर प्रणाली, उपकरण, यन्त्र, तथ्यांक, सूचना प्रणालीमा पहुँच प्रदान गरेको छ ।  यसले अनुसन्धानको लागि कसैको सम्पत्तिको खानतलासी गर्दा अदालतको इजाजत लिनुपर्ने जस्तो न्यायिक सिद्धान्तको पालना गरेको छैन ।

सामाजिक सञ्जालको अस्पष्ट व्याख्या, उपकरण प्रयोग गर्न पनि विभिन्न किसिमका इजाजत लिनुपर्ने, न्यायिक प्रक्रियाको सुरुवाती चरणमा सर्वमान्य विधि प्रक्रिया विपरीत काम कारवाही गर्ने तथा न्याय सम्पादनमा शक्ति पृथकीकरणको सिद्वान्त विपरीतका व्यवस्थाले नव प्रवर्तनलाई निरुत्साहित गर्छ र अहिले पाइरहेका इन्टरनेट र फेसबुक, ट्वीटर भाइबर जस्ता सुविधाहरूमा पनि रोक लाग्न सक्नेछ । साथै सरकारको नियत तथा कार्यशैलीले सूचना प्रविधिको क्षेत्रमा आउने लगानीलाई निरुत्साहित गर्छ । 

सुचना प्रविधिको क्षेत्रमा आएका नयाँ आयामहरूलाई समावेश गरी त्यसलाई नियमित तवरबाट व्यवस्थित गर्नको लागि प्रयास गर्ने सकारात्मक लक्ष्य राखिएको भए पनि विधेयकमा भएका नियन्त्रणमुखी व्यवस्थाले गर्दा सरकारको लोकतान्त्रिक व्यवस्थालाई नै नियन्त्रित व्यवस्था बनाउन खोजेको आशंकालाई बल पुगेको छ । त्यसैले यसलाई पारित गर्ने चरणमा सरकार पक्षीय संघीय सांसदहरूले अधिकतम लचकता अपनाई लोकको हित हेर्नको लागि  विवेकशील नेपाली दल जोडदार माग गर्दछ ।

आलोक सुबेदी 
सूचना तथा संचार विभाग प्रमुख 
विवेकशील नेपाली दल
माघ ०३, २०७६ 

COMMENTS

Name

annualreport,2,blog,3,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,1,newsletter,1,policy,2,pressrelease,45,stands,10,sticky,1,update,26,video,15,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस विज्ञप्ति: सूचना प्रविधि विधेयकको विषयमा विवेकशील नेपाली दलको धारणा
प्रेस विज्ञप्ति: सूचना प्रविधि विधेयकको विषयमा विवेकशील नेपाली दलको धारणा
https://1.bp.blogspot.com/-gpOiudbqk-Y/Xc-n7Ysta8I/AAAAAAAAC0o/UEAVyAE-GEsSs4huheRi7SGo8NUFDwenQCPcBGAYYCw/s320/9310FE02-A6BE-4F9A-9629-1BFA1DA7002D.jpeg
https://1.bp.blogspot.com/-gpOiudbqk-Y/Xc-n7Ysta8I/AAAAAAAAC0o/UEAVyAE-GEsSs4huheRi7SGo8NUFDwenQCPcBGAYYCw/s72-c/9310FE02-A6BE-4F9A-9629-1BFA1DA7002D.jpeg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/01/blog-post_17.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/01/blog-post_17.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy