वालुवाटारको ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयम...
वालुवाटारको ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको हुनाले आज विहान 'भ्रष्टाचारीलाई रेड कार्ड' अभियान गर्न विवेकशील नेपाली दल ललितानिवास बालुवाटार पुगेको थियो।
प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेताहरू अनि सदस्यहरुलाई प्रहरीले नियन्त्रण गरेकोमा निजहरूलाई तत्कालै रिहा गर्न माग गर्दछौं ।
वालुवाटारको ललिता निवासको सरकारी जग्गा हत्याउन विगत ३० वर्षमा भएका हतकन्डाहरूको बारेमा सार्वजनिक भएपछि विवेकशील नेपाली दलले निरन्तर दबाब कार्यक्रम गर्दै आएको जानकारी गराउन चाहन्छौँ ।
यसै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले यसमा संलग्न भएका भनिएका व्यक्तिहरूलाई मुद्दा लगाउने निर्णय स्वागतयोग्य छ । पक्षधरता देखिएर मुद्दा चलाउने तथा नचलाउने निर्णय भएको हुँदा विवेकशील नेपाली दलले अदुअआको ध्यानाकर्षण गर्न विवेकशील दलका नेतृत्व वर्ग, सदस्य तथा शुभेच्छुकहरूले आज बिहान ललिता निवास अगाडि गएर प्रदर्शन गरेका थियौँ। यही क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई राखेकोमा तत्काल रिहा गर्नको लागि माग राख्दछौं ।
पक्राउ पर्ने नेतृत्वहरुको नाम यस प्रकार छ
संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शीशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई, रजिया बानु
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७६/१०/२५
संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शीशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई, रजिया बानु
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७६/१०/२५
COMMENTS