कोभिड -१९ को युद्धस्तरमा सामना गर्न सरकारलाई आग्रह

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको सार्स कोरोनाभाइरस - २ ले संक्रमण गर्ने कोभिड -१९ लाई नेपालमा फैलिन नदिनको लागि सर...

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको सार्स कोरोनाभाइरस - २ ले संक्रमण गर्ने कोभिड -१९ लाई नेपालमा फैलिन नदिनको लागि सरकारले गरेका काम प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनको लागि पारदर्शी रुपमा नियमित ढंगले सूचना सम्प्रेषण गर्न, रोग परीक्षणका सामग्रीहरु तथा यस रोगलाई अग्रमोर्चामा बसेर सामना गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको लागि सुरक्षाका सामग्री जुटाउन, आगामी दिनमा आपूर्ति व्यवस्थामा आउन सक्ने अवरोधहरुको पहिचान गरी त्यसको सम्बोधन गर्न, यसबाट पर्ने आर्थिक असरले प्रभावित आम नागरिक तथा व्यवसायहरुको लागि सहयोगको व्यवस्था मिलाउन तथा विदेशमा रहेका नेपाली नागरिकहरको लागि सरकारले गर्न सक्ने सहयोग जुटाउनको लागि विवेकशील नेपाली सरकारसँग माग गर्दछ ।

साथै आम नागरिकहरुलाई पनि भीडभाडमा उपस्थित नहुन, व्यक्तिगत सरसफाइ कायम गर्न तथा सरकारले दिएका निर्देशनको पालना मान्नको लागि पनि आग्रह गर्दछौँ । यस रोगको संक्रमणलाई रोक्नको लागि विवेकशील नेपाली दलले जनचेतना जगाउन तथा आधिकारिक जानकारीहरु आम नागरिकहरुलाई प्रदान गर्न हटलाइन टेलिफोनको पनि व्यवस्था गरेको छ ।

विवेकशील नेपाली दलको संघीय समितिको मिति २०७६ साल चैत्र ६ गते बसेको अनलाइन बैठकले सर्वसम्मत रुपमा सरकारबाट हालसम्म भएका कामको प्रशंसा गर्दै आगामी दिनमा नतिजामुखी बनी थप गतिशील भई काम गर्न आग्रह गर्दै बुँदागत रुपमा आफ्ना सुझाव दिएको छ ।

सरकारको लागि सुझाव:

१. संसारभर यस विरुद्धको प्रतिकार्यको समन्वय गरिरहेको विश्व स्वास्थ्य संगठनको सिफारिस बमोजिम हाम्रो तयारी हुनु र ती योजनामा प्रादेशिक तथा स्थानीय सरकारहको सक्रिय संलग्नता हुनु अत्यन्तै आवश्यक छ । कोरोनाको परीक्षणको लागि आवश्यक स्रोत तथा साधनको अविलम्ब उपलब्धता सुनिश्चित गराई रोगले संक्रमित हुन सक्ने संभाव‍ना भएका सबै व्यक्तिहरुको परीक्षण गर्ने व्यवस्था अविलम्ब मिलाउनु आवश्यक रहेको छ । हाल काठमाडौँमा मात्रै सीमित रहेको उक्त परीक्षणलाई स्वास्थ्य आवश्यकताकाे आधारमा कम्तीमा  सबै प्रदेशमा विस्तार गर्न र परीक्षणको लागि नमूना संकलनको काम कम्तीमा सबै जिल्ला तहमा विस्तार गर्न आग्रह गर्दछौँ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी, अन्य कर्मचारीहरूका साथै सुरक्षाकर्मीहरुको लागि सुरक्षित तवरले काम गर्न सक्ने वातावरण बनाउनु अत्यावश्यक छ । यसका लागि अविलम्ब रकम विनियोजन गर्दै आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दर्छौं । विश्व स्वास्थ्य संगठन, सार्कको आपद्कालीन कोभिड १९ कोष, मित्रराष्ट्रहरु, दातृ निकाय, व्यक्ति र संस्थाहरुसँग समन्वय गरी यी सामग्रीहरु तत्कालै जुटाइहाल्नुपर्छ ।

२. आम नागरिकहरुलाई सरकारले गरेका तयारी तथा कार्यहरु, रोग तथा आपूर्ति व्यवस्थाको बारेमा दिनुपर्ने जानकारीहरु तथ्यगत रुपमा प्रदान गर्न दैनिक भर्चुअल पत्रकार सम्मेलन गर्ने तथा प्रेस वक्तव्य जारी गर्नको लागि पनि सरकारलाई आग्रह गर्दछौँ ।

३. नेपालमा बसोबास गर्ने सम्पूर्णको लागि आगामी दिनहरुमा आवश्यक पर्ने खाद्यान्न लगायतका अति आवश्यकीय वस्तुहरुको आपूर्ति व्यवस्थामा विभिन्न अवस्थामा आउन सक्ने अवरोधहरुको बारेमा सचेत रही त्यसलाई सम्बोधन गर्नको लागि अहिलेदेखि नै योजनाहरु बनाइराख्नको लागि पनि सरकारलाई आग्रह गर्दछौँ ।

४. विदेशमा रहेका नेपाली दूताबास तथा अन्य कूटनैतिक नियोगहरुले उक्त देशमा वा उक्त कार्यालयको जिम्मेवारी क्षेत्रमा रहेका नेपाली नागरिकहरुको लागि उपयुक्त तथा पर्याप्त जानकारी र आवश्यक सहयोग उपलब्ध गराउनको लागि ती नियोगहरुलाई निर्देशन दिनको लागि नेपाल सरकारलाई आग्रह गर्दछौँ ।

नेपाल सरकारले गठन गरेको कोभिड - १९ संक्रमण, रोकथाम, तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले हवाइ यातायातमा आएको अवरोधले गर्दा नेपालमा रहन पुगेका विदेशीहरुको भिषा नियमित गरिदिने तथा नेपाल सरकारको यात्रा चेतावनीको कारणले वा विमान कम्पनीले आफैँले यात्रा रद्द गरेको कारणले लाग्ने टिकट रद्द शुल्क वा टिकटको मिति परिवर्तन गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएकोमा विदेशमा रहेका नेपालीहरुको लागि पनि सोही व्यवस्था मिलाउनको लागि पहल गर्न विदेशस्थित नेपाली मिसनहरुलाई निर्देशन दिनको लागि हामी आग्रह गर्दछौँ ।

५. सीमामा गरिने निगरानीहरु त्यति प्रभावकारी नभएको भन्ने गुनासाहरु सार्वजनिक भैरहेको अवस्थामा देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल तथा स्थलगत नाकाहरुमा हुने अत्यावश्यक यात्रा गर्नेहरुको स्वास्थ्य परीक्षण गराउनको लागि मजबुत प्रबन्ध बनाउनु र त्यसमा परिचालित व्यक्तिहरुलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउनको लागि पनि सरकारसँग आग्रह गर्दछौँ ।

६. यस कोभिड - १९ को संक्रमणको स्वास्थ्य लगायत आर्थिक असर पनि रहेको छ । बाहिर कम हिँडडुल गर्नु भन्ने सरकारको निर्देशनले पनि दैनिक गतिविधि तथा अर्थतन्त्रमा सुस्तता आएको छ । यसबाट प्रभावित भएका व्यवसाय तथा आम नागरिकहरुको राहतको लागि तत्कालै प्याकेज घोषणा गर्न पनि आग्रह गर्दछौँ ।

आम नागरिकहरुको लागि:

१. आम नागरिकहरुलाई पनि भीडभाडमा उपस्थित नहुन, व्यक्तिगत सरसफाइ कायम गर्न, अधिक सामग्रीहरु सञ्चय नगर्न तथा सरकारले दिएका निर्देशनको पालना गर्नको लागि पनि आग्रह गर्दछौँ ।

२. परिवारमा कसैले कोभिड - १९ को लक्षण देखाएमा तत्कालै निजलाई छुट्टै ठाउँमा बसोबास गर्नको लागि प्रबन्ध मिलाउन तथा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम अगाडि बढ्नको लागि अनुरोध गर्दछौं । साथै संक्रमण भएका कोही भेटिएमा निजलाई हेला गर्ने जस्ता व्यवहार नगरी स्वास्थ्य सेवा लिनको लागि आवश्यक प्रबन्ध मिलाउन सहयोग गर्न आम नागरिकमा आग्रह गर्दछौँ ।

यस रोगको संक्रमणलाई रोक्नको लागि विवेकशील नेपाली दलले जनचेतना जगाउन तथा सरकार तथा अन्य विश्वसनिय निकायहरुबाट जारी भएका आधिकारिक जानकारीहरु आम नागरिकहरुलाई प्रदान गर्न हटलाइन टेलिफोनको पनि व्यवस्था गरेको छ ।

सेवक सरकार तथा जिम्मेवार नागरिक तथा सार्वजनिक संस्थाहरुको हातेमालोबाट मात्रै यस्ता चुनौतीहरुको सामना गर्न सकिनेमा विवेकशील नेपाली दल विश्वस्त छ र सबैलाई आ-आफ्नो जिम्मेवारी पूरा गर्नको लागि अपिल समेत गर्दछ ।

धन्यवाद !

अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल ।
मिति: २०७६/१२/०७

COMMENTS

Name

annualreport,2,blog,3,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,1,newsletter,1,policy,2,pressrelease,45,stands,10,sticky,1,update,26,video,15,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: कोभिड -१९ को युद्धस्तरमा सामना गर्न सरकारलाई आग्रह
कोभिड -१९ को युद्धस्तरमा सामना गर्न सरकारलाई आग्रह
https://1.bp.blogspot.com/-gpOiudbqk-Y/Xc-n7Ysta8I/AAAAAAAAC0o/UEAVyAE-GEsSs4huheRi7SGo8NUFDwenQCPcBGAYYCw/s320/9310FE02-A6BE-4F9A-9629-1BFA1DA7002D.jpeg
https://1.bp.blogspot.com/-gpOiudbqk-Y/Xc-n7Ysta8I/AAAAAAAAC0o/UEAVyAE-GEsSs4huheRi7SGo8NUFDwenQCPcBGAYYCw/s72-c/9310FE02-A6BE-4F9A-9629-1BFA1DA7002D.jpeg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/03/blog-post_20.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/03/blog-post_20.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy