प्रेस विज्ञप्ति: कोभिड - १९ को महामारीको समयमा सरकारलाई सुझाव

अबका दिनमा सरकारले लिनुपर्ने बाटो कोभिड - १९ को महामारीका बीच नेपाल सरकारले बन्दाबन्दीको आदेश कार्यान्वयन गराएको करिब तीन हप्ता भएको ...

अबका दिनमा सरकारले लिनुपर्ने बाटो

कोभिड - १९ को महामारीका बीच नेपाल सरकारले बन्दाबन्दीको आदेश कार्यान्वयन गराएको करिब तीन हप्ता भएको छ । विपन्न समुदायका व्यक्तिहरुलाई खाद्यान्न लगायतका अत्यावश्यक सेवा उपलब्ध गराउन संघीय सरकारले राहत वितरण निर्देशिका जारी गरी स्थानीय तहबाट काम कारवाही गराउने भन्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था केही स्थानमा प्रभावकारी भए पनि धेरै स्थानहरुमा विभिन्न कारणले संघीय सरकारले भनेको जस्तो सहज हुन सकेको छैन । न त संघीय सरकारले भनेको जस्तै कोभिड - १९ को संक्रमितहरुको द्रूत गतिमा नै परीक्षण भएको छ । बन्दाबन्दीको बारेमा पनि खासै प्रष्टता छैन । यही सम्दर्भमा आगामी दिनमा तीनै तहका सरकारहरुले लिनुपर्ने कदमका बारेमा विवेकशील नेपालीले यसप्रकारका सुझावहरु दिएको छ :

स्वास्थ्यकर्मीको सुरक्षा, बिरामीहरुको उपचारको लागि उपकरण तथा कोभिड - १९ को संक्रमणको परीक्षणको सम्वन्धमा
  • स्वास्थ्यकर्मीहरुलाई पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षाका सामग्रीहरु उपलब्ध नगरेको सन्दर्भमा तत्काल खरिद गर्नको लागि पारदर्शी रुपमा सम्भव हर उपाय अपनाउने ।
  • अहिले व्यक्तिगत सुरक्षाका पर्याप्त सामग्रीहरु आइनपुगेको तथा आइनपुग्ने अवस्थामा भएका सामग्रीहरुको निर्मलीकरण गरी पुन: प्रयोग गर्ने मापदण्ड तयार गरी त्यही अनुरुप काम कारवाही अगाडि बढाउने ।
  • स्वास्थ्यकर्मीहरुले प्रयोग गरेका व्यक्तिगत सुरक्षा  सामग्रीहरुको प्रयोगपछिको व्यवस्थापनको लागि भएका विद्यमान मापदण्डहरुमा आवश्यक परे संसोधन गर्ने र त्यसको जानकारी सम्बन्धित निकायहरुलाई गराउने ।
  • अहिले संक्रमण देखिएका ठाउँहरुमा सघन रुपमा संक्रमणको परीक्षण गर्ने । संक्रमितहरुले भेटेका/ संक्रमित गएका ठाउँहरुमा केही समयको अन्तरालमा पुगेका व्यक्तिहरुको पहिचान गरी परीक्षण गर्ने ।
  • परीक्षणको विस्तारको लागि परीक्षण गर्ने क्षमता भएका ठाउँहरुमा आवश्यक प्रबन्ध मिलाई काम सुरु गरी व्यापक रुपमा परीक्षण गर्न सक्ने क्षमता बनाई राख्ने ।
  • उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको खरिद वा अन्य विधिबाट व्यवस्था गर्ने । 
राहत वितरण सम्वन्धमा
  • संघीय सरकारले विपन्न वर्गका व्यक्तिहरुलाई लक्षित गरी स्थानीय तहले कार्यान्वयन गर्ने भनेको कार्यक्रममा अर्थ मन्त्रालयबाट प्रेषित राहत निर्देशिका अपूरो रहेको छ । राहत वितरणलाई अधिक बिकेन्द्रीकरण गर्न विद्यमान टोल सुधार समिति वा त्यो नभएको खण्डमा एक समितिको निर्माण गरी उसले सहयोगापेक्षीहरुको पहिचान गर्ने, वडाका निर्वाचित प्रतिनिधिहरुले त्यसको सुपरिवेक्षण गर्ने तथा टोल सुधार समिति मार्फत नै राहत वितरण गर्ने । यस खाकाको बारेमा विस्तृतमा यहाँ (bit.ly/CoronaHelpLL) उल्लेख गरिएको छ । 
  • अर्थ मन्त्रालयले जारी गरेको निर्देशिकामा परिचयपत्रलाई अनिवार्य गरिएको छ । नेपालको वास्तविकता यो पनि हो कि कति नागरिकहरुसँग सरकारी निकायले जारी गरेको परिचयपत्रत् छैन । त्यसैले टोल सुधार समितिका वा कुनै पनि परिचयपत्र नभएका व्यक्तिलाई चिन्ने तीन जनाले ऊ सहयोगापेक्षी हो भन्ने व्यहोरा खुलाएमा निजलाई सहयोग प्रदान गर्ने । स्मरण रहोस्, नागरिकता ऐन २०६३ बमोजिम  खटिएको नागरिकता वितरण टोलीले सातजनाको सिफारिसमा नागरिकता प्रदान गरेको थियो ।
  • बन्दाबन्दी बढ्दै जाँदा पहिलो चोटि दिइएको राहत सकिएको छ । अब फेरि, वडा अनि टोल समितिको सहयोगमा आवश्यक नागरिकलाई राहत वितरण गर्ने । 
  • धेरै नेपाली नागरिकहरु विदेशमा रहेका तथा धेरै विदेशी नागरिकहरु पनि नेपालमा रहेका अहिलेको अवस्थामा सहयोग आवश्यक पर्ने विदेशी नागरिकलाई अत्यावश्यक खाद्यान सामग्रीहरु स्थानीय सरकारले वितरण गरी त्यसमा लागेको खर्च संघीय सरकारले सोधभर्ना गर्ने । 
  • राहत वितरणका सम्पूर्ण कार्यको विवरण एउटा छुट्टै वेबसाइट बनाई सार्वजनिक गर्ने । 
  • राहत वितरणको लागि स्थानीय तहको आपत्कालीन कोषले धेरै चरणमा सहयोग वितरण गर्दा सम्भवत : नपुग्ने भएकोले प्रदेश सरकारले पनि स्थानीय तहलाई सहयोग गर्ने । त्यसले पनि नपुगेको खण्डमा संघीय सरकारले पनि आवश्यकता अनुसार सहयोग गर्ने । त्यसको हिसाब किताब पारदर्शी ढंगले कायम राख्ने र त्यसलाई हरेक हप्ता सार्वजनिक गर्ने/वेवसाइटा अद्यावधिक गर्ने । 
  • राहत वितरणका लागि अत्यावश्यक पर्ने राष्ट्रिय परिचयपत्रको कार्यान्वयन गरी त्यसमा विभिन्न तहका जानकारीहरु समावेश मध्यकालमा गर्ने । 
बन्दाबन्दीका सम्वन्धमा
  • भारतमा पनि बन्दाबन्दी विस्तार गर्ने भनिएकोमा नेपालमा पनि विस्तार गर्नु उचित नै हो। त्यस बेलाको उपयोग संक्रमितहरुको पहिचान गर्न तथा उनीहरुको संक्रमणमा आएकाहरुलाई पहिचान गर्न तथा परीक्षण गर्नको लागि उपयोग गर्ने । 
बाटामा अलपत्र परेका अनि विदेशमा रहेका नागरिकको सम्बन्धमा
  • रोजगारीको सिलसिलामा विदेशमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्धार गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश यथासिघ्र पालना गर्ने ।
  • बसिरहेको स्थानवाट आ-आफ्नो घरसम्म यात्रा तय गर्दै गरेका नागरिकहरुलाई यात्रामा सहजीकरण गर्ने । तथा, सीमामा अलपत्र परेका नेपाली नागरिकलाई व्यवस्थित रुपमा देश फर्काउने ।
  • विदेशी भूमिमा हालसम्म १५ जना नेपाली नागरिकहरुको (ब्रिटेनमा ९ जना, अमेरिकामा ५ जना र युएईमा १ जना) कोरोनाभाइरसको संक्रमणवाट मृत्यु भएको अवस्थामा संक्रमितहरुको लगत संकलन गर्दै विदेशमा रहेका आफ्ना नागरिकहरुप्रति सरकार जिम्मेवारपूर्ण रूपमा प्रस्तुत हुने ।
अर्थतन्त्रलाई पुन: सञ्चालन गर्ने सम्बन्धमा 
  • संक्रमितहरु भएका जिल्लामा तथा भारतको सीमा भएका तथा बढी आवतजावत हुने जिल्लाहरुमा बन्दाबन्दीलाई अलिक लामो समयसम्मलाई लम्बाएर अन्यत्र विस्तारै खोल्ने व्यवस्था गर्ने बारेमा विज्ञहरुको राय सल्लाह लिई योजना बनाउने र त्यसको बारेमा नागरिकहरुलाई जानकारी गराउने । व्यक्तिहरुको अन्तर्राष्ट्रिय आवागमनलाई केही समयको लागि थप निलम्बन गर्ने तर सामानहरुको ओसारपसारलाई सुरक्षित तवरले अगाडि बढाउन अनुमति दिने ।
  • बन्दाबन्दी खोलेको स्थानमा काम गर्ने व्यक्तिहरुले भौतिक दूरी कायम राखी काम गर्ने गराउने । उनीहरुको व्यक्तिगत सरसफाइको लागि विशेष ध्यान दिने र त्यसको अनुगमन गर्ने व्यवस्था मिलाउने ।
  • कृषि र त्यस सम्बन्धित अत्यावश्यक वस्तु र आपूर्तिको व्यवस्थापन मिलाउने, आपूर्ति श्रृंखलालाई टुट्न नदिने । 
  • कृषि प्रणालीलाई किसान अनुकूल बनाउन मध्यकालमा योजना बनाई कार्यान्वयन गर्नुपर्छ ।
घरमा रहेका लाखौँ विद्यार्थीहरुको सम्बन्धमा
  • नयाँ शैक्षिक सत्र सुरु हुने समय भएको तर कक्षाहरु अझै केही समय सुरु हुन सक्ने देखिएको छैन। तसर्थ, सम्बन्धित निकायहरुले पठनपाठनका वैकल्पिक विधिहरु अपनाउन जरुरी छ। 
  • शिक्षकहरुलाई अनलाइन पढाउन अभिमुखीकरण गराउन सम्बन्धित निकायहरुले नेतृत्व लिने र घरमै रहेका विद्यार्थीहरुलाई रचनात्मक कार्यहरुमा लगाउन अभिभावकहरूलाई प्रोत्साहित गर्ने । 
  • सम्भव भएका स्थानमा  अनलाइन कक्षाहरु संचालन गर्ने र नभएका स्थानमा रेडियो अनि टिभीको माध्यमले पढाउने । विभिन्न संस्थाहरूले सञ्चालन गरेका अनलाइन पाठहरूको प्रयोग गर्न सकिन्छ र आवश्यकता अनुसार त्यसको ढाँचामा परिमार्जन गरी अन्य माध्यमबाट पनि प्रसारण गर्न सकिन्छ ।
  • अब विद्यालय तहका विद्यार्थीहरुलाई बाँकी परीक्षाको दबाब दिनुभन्दा माथिल्लो कक्षामा  गर्दा हुन्छ । एसईईको र ११ कक्षाको परीक्षा अब लिन जरुरी छैन । १२ कक्षाको परीक्षा भने समयानुकुल भएपछि लिंदा हुन्छ ।
  • शैक्षिक सामग्री तयार गर्नको लागि मन्त्रालय सक्रिय हुने ता कि शैक्षिक सत्र सुरु हुँदा कुनै अभाव विना कक्षा संचालन गर्न सकियोस् ।
संघीय तथा प्रादेशिक संसद तथा संसदीय समितिहरुका सम्वन्धमा
  • हाल संघीय तथा प्रादेशिक संसद तथा संसदीय समितिहरु निस्क्रिय रहेको अवस्थामा तत् तत् लाई प्रविधिको माध्यमवाट सक्रिय बनाउने र कोरोना भाइरससंग लड्न सामुहिक प्रयास गर्ने ।


नेपाल आमाको जय होस्।

अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७७/१/५











COMMENTS

Name

annualreport,2,blog,3,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,1,newsletter,1,policy,2,pressrelease,45,stands,10,sticky,1,update,26,video,15,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस विज्ञप्ति: कोभिड - १९ को महामारीको समयमा सरकारलाई सुझाव
प्रेस विज्ञप्ति: कोभिड - १९ को महामारीको समयमा सरकारलाई सुझाव
https://1.bp.blogspot.com/-DxzJEHtjfuk/XgWk_Y80ruI/AAAAAAAAC2w/y_QDm2OK7VU7Zk-uCZlOZjwwphCOa5PigCPcBGAYYCw/s320/Press%2BRElease.jpg
https://1.bp.blogspot.com/-DxzJEHtjfuk/XgWk_Y80ruI/AAAAAAAAC2w/y_QDm2OK7VU7Zk-uCZlOZjwwphCOa5PigCPcBGAYYCw/s72-c/Press%2BRElease.jpg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/04/BNsuggests.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/04/BNsuggests.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy