विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ लाई फैलन नदिन सरकारले गरेका काम कारवाहीहरुप्रति साथ दिँदै विवेकशील नेपाली दलले पनि आफ्नो तर...
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ लाई फैलन नदिन सरकारले गरेका काम कारवाहीहरुप्रति साथ दिँदै विवेकशील नेपाली दलले पनि आफ्नो तर्फवाट यस सम्वन्धमा जनचेतनामूलक अभियान अघि बढाएको छ । यही चैत्र ११ देखि देश बन्दाबन्दीमा रहेकोमा त्यसको सफल कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबै नागरिकहरुको भएको तथ्यलाई स्वीकार गर्दै त्यसमा सहभागी भएका छौँ । तर भारतका विभिन्न सहरमा काम गर्न गएका नेपाली नागरिकहरु कठिन अवरोधहरुलाई छिचोल्दै देशको सीमासम्म आइपुगेका छन् र उनीहरुलाई देशभित्र छिर्न नदिएको अवस्था अहिलेको यथार्थ हो । उनीहरुलाई देशभित्र प्रवेश गर्न नदिनु मानवीय हिसाबले उपयुक्त नभएको निष्कर्ष विवेकशील नेपाली दलले निकालेकोले उनीहरुको व्यवस्थापनको लागि सरकारलाई निम्न लिखित सुझावहरु दिन चाहन्छौ:
१. कोभिड १९ ले दुई देशमा अड्किएका एक अर्काका नागरिकहरुको लागि सहयोग समन्वयन गर्नको लागि नेपाल - भारत आपतकालीन समन्वयन समिति तत्काल गठन गर्ने ।
२. सीमामा आइपुगेका नेपाली नागरिकहरुलाई आफ्नो देश प्रवेश गर्न अनुमति दिएर खानपिन तथा बसोबासको उपयुक्त प्रबन्ध भएको क्वारेन्टाइनमा राख्नको लागि संघीय सरकारले प्रबन्ध मिलाउने ।
३. भारतका विभिन्न सहरहरुमा रहेका नेपालीहरुको अवस्था बुझ्न तुरुन्तै दुतावासले हटलाइन सेवा संचालन गर्ने तथा त्यही रहनको लागि यदि आवश्यक प्रबन्ध गर्नु परेमा सो को लागि भारत सरकारसँग समन्वय गर्ने र उसको अनुमतिमा अन्य संघसंस्थाहरुलाई पनि परिचालन गर्ने ।
४. भारतवाहेक अन्य मुलुकमा रहेका नेपालीहरुका सम्वन्धमा कुटनीतिक नियोगहरुलाई पूर्ण रुपमा सक्रिय बनाउँदै आफ्नो नागरिकहरुको स्थितिका बारेमा जानकारी लिने तथा उनीहरुलाई तत्काल सहयोग चाहिएमा त्यहाँको सरकार तथा निजको अनुमतिमा स्थानीय संघसंस्थासँग समन्वय गरी व्यवस्था गर्ने ।
साथै विदेशमा रहेका नेपाली नागरिकहरले पनि एक अर्कालाई मानवीय सहयोग गर्ने तथा उक्त देशको प्रचलित ऐन कानून तथा यस संक्रमणलाई रोक्नको लागि जारी भएका आदेश पालना गर्दै सुरक्षित रहन पनि आग्रह गर्दछौँ । आवश्यकतामा परेका नेपाली नागरिक तथा अन्य व्यक्तिहरुलाई सम्भव भएसम्मको सहयोग गर्न विदेशमा खुलेका नेपाली संघसंस्थाहरुलाई पनि आह्वान गर्दछौँ । त्यस्तो सहयोग जुटाउन स्थानीय परोपकारी संघसंस्थाहरुसँग पनि समन्वय गर्न पनि सुझाव दिन चाहन्छौँ ।
सरकारलाई सहयोग गर्दै गर्दा उसलाई जवाफदेही बनाउनु पनि आफ्नो कर्तव्य ठानी यसमा पनि निरन्तर घच्घच्याइरहेका छौँ । त्यही सिलसिलामा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवेकशील नेपाली दलका नेता तथा वागमती प्रदेश सभा सदस्य रमेश पौड्यालज्युले उजुरी दर्ता गराउनु भएको कुरा यहाँहरुलाई स्मरण गराउन चाहन्छौँ ।
धन्यवाद ।
नेपाल आमाको जय होस् !
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७६ चैत्र २१

COMMENTS