विदेशबाट फर्केका नेपालीको पेशागत सहायताका लागि विवेकशील नेपालीले बनायो वेव पोर्टल

विवेकशील नेपाली दलले कोरोना महाव्याधीबाट सिर्जित रोजगारी संकटमा परेका नेपालीहरुका लागि सूचना तथा सहायता हुने वेवसाईट बनाउन लागेको बता...


विवेकशील नेपाली दलले कोरोना महाव्याधीबाट सिर्जित रोजगारी संकटमा परेका नेपालीहरुका लागि सूचना तथा सहायता हुने वेवसाईट बनाउन लागेको बताएको छ । विदेश बाट नेपाल फर्किने नेपाली जनासक्ति लाइ रोजगारदाता संग जोड्नको लागि ( www.Work4Nepal.com , छोट्करिमा: W4N) तयार गरेको छ।
यो प्रबिधीको उदेश्य नेपाल फर्कनु हुने लाखौ दक्ष्, अर्धदक्ष जनशक्तिलाई नेपाल मै आ-आफ्नो पेशा, रोजगार र बिषयगत दक्षता अनुसारको काममा जोड्नु भएको विवेकशीलका संघीय सूचना प्रविधि विभाग प्रमुख आलोक सुवेदीले बताए ।
यसो गर्दा बिदेशमा पाइ आएको पारिश्रमिक, सेवासुबिधा बाराबर कै अवसरहरु उपलब्ध गराउने, रोजगारदातासँग समन्व्यय गर्दै जोड्ने र सरकारी गैर सरकारी अवसरहरुमा रोजगारको प्राथमिकताको लागी पहल गर्न सहज हुनेछ ।
२१औ शताब्दी यन्त्र, प्रबिधि, प्रक्रीया, अनुभव र बिषयगत दक्षताले सुसज्जित नेपाल फर्कने पौरखी नेपाली बिना समृद्धीको बाटो आधुरो, असम्भव रहेको विवेकशीलको भनाई छ । यो पोर्टलमा थप सुधारहरु गर्दै जाने विवेकशीलको तयारी छ ।
 खाडी क्षेत्रमा सुझाव र सहायतामा सक्रिय विवेकशील नेपाली
विवेकशील नेपाली दलको प्रवास अन्तराष्ट्रिय समितिले खाडी क्षेत्रमा नेपालीबारे जानकारी लिन थालेको छ। विदेशमा कार्यरत नेपालीहरुको स्थिति, राज्य संयन्त्रले खेलेको भूमिका, समस्या र समाधानमुखी पहलको अवस्थाको बारेमा बुझ्ने र सुझाब दिनको लागि पहल थालिएको विवेकशील नेपालीका नेता एवं प्रवासका सुरेश भट्टले बताए ।
अहिलेसम्म कतार, ओमान, युएई, साउदी अरब, बहराईन, कुवेत, इजिप्ट लगायतका देशको राजदुतहरुसँग फोन बार्तामा जानकारी लिनुका साथै सुझाव दिएको विवेकशीलका नेता भट्टले बताएका छन् । राजदूतावासहरुसँग सम्पर्क गरी संक्रमित नेपाली श्रमिकहरुको उपचार र अप्ठ्यारोमा परेकाहरुको उद्दारमा संयोजनकारी भूमीका विवेकशील नेपाली प्रवास समितिले खेलिरहेको छ । यी देशहरुमा विवेकशीलका प्रवास समितिले श्रमिक नेपालीहरुलाई बन्दाबन्दीका बेला सचेतना र सहायता गरिरहेका छन् ।
सुझावहरुः
१) राजदुतावाससँग भएका श्रमिकका फोन/इमेल जस्ता विवरणबाट श्रमिकहरुलाई कोरोनाबाट जोगिन सचेतना र अन्य आवश्यक सूचना प्रदान गर्न दुतावास कार्यालयलाई आग्रह ।
२) श्रमिक नेपालीहरुको कार्यरथ कम्पनीसँग उनीहरुको स्वास्थ्य सुरक्षा र रोजगारी सुरक्षाबारे सरकारको परराष्ट्र मन्त्रालयमार्फत र दुतावाकै पहलमा कदम चाल्न आग्रह ।
३) ओमान लगायतका देशमा विद्यार्थी भिसामा समेत विद्यार्थी रहेको तथा पर्यटक भिसामा आएका नागरिकहरु थप समस्यामा परेकाले आवश्यक पहल लिन आग्रह ।
४)  नेपाल फर्किन चाहने विद्यार्थी र पर्यटक भिसामा आएका नागरिकहरु र केही श्रमिक नागरिकहरु समेत आफ्नै पैसामा नेपाल फर्किन चाहेकाले उनीहरुलाई स्वदेश फर्किने माहोल मिलाउन आग्रह ।
५) कतारमा मात्रै ३ लाख ४० हजार नेपालीहरु श्रमिक मध्ये कोरोना संक्रमित भएका नेपालीहरुको जानकारी सार्वजनिक गर्न र उनीहरुको अद्यावधिक अवस्था परिवारलाई समेत जानकारी दिन दुतावासलाई पहल गरिदिन आगग्रह ।
६) खाडीमा ५८ वटा लासहरु स्वदेश फर्काउन नसकिएकोमा तत्कालै त्यसतर्फ कदम चाल्न आग्रह ।
७) कोरोना महाव्याधी पछि प्रवासमा रहेका नेपालीहरुबारे स्पष्ट योजना बनाउन दुतावासहरुमार्फत नेपाल सरकारलाई आग्रह ।
उपर्युक्त सुझाव नेपाली श्रमिक रहेका हरेक देशका दुतावसमा सम्पर्क गरी दिइएको तथा सबै भन्दा बढी नेपाली रहेको कतारमा विवेकशील आफै पनि संलग्न भई श्रमिकहरुको सहायता गरिरहेको भट्टले बताए । 

COMMENTS

Name

annualreport,2,blog,4,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,2,newsletter,1,policy,2,pressrelease,52,stands,10,sticky,1,update,25,video,14,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: विदेशबाट फर्केका नेपालीको पेशागत सहायताका लागि विवेकशील नेपालीले बनायो वेव पोर्टल
विदेशबाट फर्केका नेपालीको पेशागत सहायताका लागि विवेकशील नेपालीले बनायो वेव पोर्टल
https://1.bp.blogspot.com/-OZxK4_4P-Ao/XqqY8eRxfUI/AAAAAAAADDc/DXJSXtBDFzk6sLKukGWzgjg8NFK3cC4ggCLcBGAsYHQ/s320/W4N%2B2.png
https://1.bp.blogspot.com/-OZxK4_4P-Ao/XqqY8eRxfUI/AAAAAAAADDc/DXJSXtBDFzk6sLKukGWzgjg8NFK3cC4ggCLcBGAsYHQ/s72-c/W4N%2B2.png
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/04/blog-post_30.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/04/blog-post_30.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy