Kathmandupress.com अनलाइन पत्रिकाको वेबसाइटमा उक्त वेबसाइट डिजाइन तथा विकास गर्ने कम्पनीका व्यक्तिहरूले उक्त कम्पनीका सञ्चालक सम्बन्धी छ...
Kathmandupress.com अनलाइन पत्रिकाको वेबसाइटमा उक्त वेबसाइट डिजाइन तथा विकास गर्ने कम्पनीका व्यक्तिहरूले उक्त कम्पनीका सञ्चालक सम्बन्धी छापिएको समाचार अनधिकृत रूपमा वेबसाइटमा प्रवेश गरी हटाएको र केही समय उक्त वेवसाइटका सञ्चालकहरूलाई प्रवेश गर्न नदिएको भन्ने समाचारहरू प्रकाशित भएकोमा विवेकशील नेपाली दलको ध्यानाकर्षण भएको छ । उक्त अनलाइन पत्रिकाका प्रधान सम्पादकले प्रेस विज्ञप्ति जारी गरेर समेत जानकारी गराएकोमा यो विसय गम्भीर रहेको देखिन्छ। अनधिकृत रूपमा अनलाइन पत्रीकाको वेबसाइटमा प्रवेश गर्ने र गतिविधि गर्ने विसय प्रेस स्वतन्त्रता विरुद्ध रहेको, संस्थागत गोपनियतता र प्रतिलिपी अधिकार हनन भएको तथा साइबर अपराधमा सम्लग्न रहेको हुनसक्ने देखिएको हुदा नेपालको संविधान तथा प्रचलित अन्य ऐन कानूनको समेत बर्खिलाप हुन आउने देखिन्छ । Kathmandupress.com को डेभलपर शिरान टेक्नोलोजी प्रालिले आफ्नो भूल स्वीकार गरिसकेको अवस्थामा त्यस विषयमा आवश्यक कानूनी कारवाही सुरु गर्नु अझ वान्छनिय हुन्छ। व्यवसायिक नैतिकताको चरम अभाव देखिएको यस घटनापछि शिरान टेक्नोलोजीको मूल कम्पनी एफवान सफ्टमाथि उचित छानबिन गरिनुपर्छ। साथै, प्रधानमन्त्रीकै सल्लाहकार संलग्न भएको खबर आएको हुँदा उनिमाथी अविलम्ब निस्पक्ष छानबिन अगाडि बढाउन दल अपिल गर्दछ। प्रविधिको दुरुपयोग सम्बन्धमा सम्मानित अदालतबाट आउने नजिर आउदा दिनमा दीर्घकालीन महत्वको हुन आउँछ। विवेकशील नेपाली दल नेपालको संविधान तथा प्रचलित ऐन कानून बमोजिम देशमा संबैधानिक सर्वोच्चता र कानुनी शासनको पक्षमा छ। उन्नत लोकतान्त्रिक अभ्यासका निम्ति अपरिहार्य प्रेस स्वतन्त्रता, संस्थागत गोपनियता, प्रतिलिपी अधिकार, साइबर अपराध तथा व्यवसायिक नैतिकता जस्ता विसय यस घटनासग जोडिएको हुदा सरोकारवाला निकायसग निस्पक्ष छानविन र उचित कारबाहीको जोडदार माग गर्दछ।
धन्यवाद ।
नेपाल आमाको जय होस् !
अजिता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७६/१२/२१
धन्यवाद ।
नेपाल आमाको जय होस् !
अजिता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७६/१२/२१
COMMENTS