प्रेस विज्ञप्ती: पद्धति अनुरूप आइओएमको डिन लगायतका प्राज्ञिक पदाधिकारीहरूको नियुक्ति गर

चिकित्सा शिक्षा र स्वास्थको सुधारको लागि लामो समयदेखि संघर्ष गर्दै आउनुभएका सत्याग्रही डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता सरका...

चिकित्सा शिक्षा र स्वास्थको सुधारको लागि लामो समयदेखि संघर्ष गर्दै आउनुभएका सत्याग्रही डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता सरकार आफैले लत्याउँदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (आईओएम) मा प्रधानमन्त्रीको निजी चिकित्सक समेत रहेकी शिक्षण अस्पतालकी प्राध्यापक डा दिव्या सिंहलाई डिन नियुक्ति गरिएकोमा विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ । त्रिविको यो कदमको विरोध गर्दै सन्दर्भमा विवेकशील नेपाली दल तीन सुझाव पेश गर्दछ :

दलगत तथा गुटगत भागबण्डा बन्द गर 
चरम दलीय भागबन्डाबाट राज्यका महत्वपूर्ण निकायहरु ग्रस्त छ। योग्यता-क्षमता र वरिष्ठताको आधारमा भन्दा पनि नेतृत्व र दलको नजिकको व्यक्ति/आसेपासेलाई काखी च्याप्ने चरित्र संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि निरन्तरता पाउनु खेदजनक छ। यस्तो प्रवृत्ति अझ झन् मौलाउनुले लोकतान्त्रिक दल र यिनका नेतृत्वहरुलाई नराम्ररी गिज्याएको छ। हालै मात्र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा भएको डिन नियुक्तिले सरकारको सार्वजनिक संस्था प्रतिको बुझाइ र गराइ उदाङ्गो पारेको छ। सरकार तथा पुराना दलहरुलले पछ्याएको यो प्रवृतिले मुलुक र नागरिकहरुलाई सधैं दुष्चक्रमा पारिरहने छ । तसर्थ, विवेकशील नेपाली दल तत्काल यो प्रवृतिको अन्त्य गर्न माग गर्दछ ।

पदाधिकारी नियुक्तिमा परासर कोइराला समितिको प्रतिवेदन लागु गर
सत्याग्रही डाक्टर गोविन्द केसीसँग सरकारले  गरेको सम्झौता लत्याउँदै र सरकार आफैले गठन गरेको परासर कोइरालाको समितिले तयार पारेको प्रतिवेदनलाई पन्साउँदै प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेपमा आइओएममा  डिन नियुक्ति गरिनु खेदजनक छ । सीमित व्यक्तिहरुको मनोमानी मात्र चल्ने अत्यन्त सतही र राजनीतिक प्रकृतिको विधिले डिन नियुक्ति गर्दा देशकै गौरवको रुपमा रहेको आइओएम जस्तो संस्थाको अवमूल्यन भएको छ । प्राज्ञिक संस्थाहरुलाई विवादमुक्त राख्न तथा नातावाद, कृपावादको दुष्चक्र मेटाउन विश्वविद्यालयका कुनै पनि निकायमा पदाधिकारीहरु नियुक्तिका लागि परासर कोइराला समितिको प्रतिवेदन लागु गर्न पनि सरकारसँग माग गर्दछौं ।

प्राज्ञिक निकायहरुमा अनुचित हस्तक्षेप नगर
राज्यका प्राज्ञिक निकायहरु बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ। संसारका कैंयन् विकसित तथा विकासशील मुलुकहरुको  उदाहरण हेर्ने हो भने ती देशका सरकारहरुले  राज्यका  प्राज्ञिक निकायहरुलाई बलियो बनाउन दलीय तथा गुटगत द्वन्द्वहरुबाट माथि उठेर काम गरेका छन् । प्राज्ञिक निकायमा अनावश्यक राजनीतिक हस्तक्षेपले लोकतन्त्रलाई कमजोर बनाउँदछ । देशको संवृद्धिको लागि आन्तरिक रूपमा नै उत्पादित दक्ष जनशक्ति चाहिन्छ जुन सक्षम प्राज्ञिक संस्थाले मात्रै उत्पादन गर्न सक्छन् । संस्थाहरूलाई सक्षम बनाउनको लागि सही र सक्षम नेतृत्वको आवश्यकता रहेको छ । त्यसैले संवृद्धिलाई रटानमा मात्रै सीमित नगर्ने हो भने सही व्यक्ति सही ठाउँमा पुग्ने पद्धति निर्माण गर्न तथा भएका पद्धतिहरूलाई मजबुत बनाउन आजैबाट लाग्न सरकारलाई सुझाव दिन चाहन्छौं । 

अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७७ असार ५ गते, शुक्रबार

COMMENTS

Name

annualreport,2,blog,3,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,1,newsletter,1,policy,2,pressrelease,45,stands,10,sticky,1,update,26,video,15,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस विज्ञप्ती: पद्धति अनुरूप आइओएमको डिन लगायतका प्राज्ञिक पदाधिकारीहरूको नियुक्ति गर
प्रेस विज्ञप्ती: पद्धति अनुरूप आइओएमको डिन लगायतका प्राज्ञिक पदाधिकारीहरूको नियुक्ति गर
https://1.bp.blogspot.com/-DxzJEHtjfuk/XgWk_Y80ruI/AAAAAAAAC2w/y_QDm2OK7VU7Zk-uCZlOZjwwphCOa5PigCPcBGAYYCw/s320/Press%2BRElease.jpg
https://1.bp.blogspot.com/-DxzJEHtjfuk/XgWk_Y80ruI/AAAAAAAAC2w/y_QDm2OK7VU7Zk-uCZlOZjwwphCOa5PigCPcBGAYYCw/s72-c/Press%2BRElease.jpg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/06/IOM.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/06/IOM.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy