प्रेस विज्ञप्ती: नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बारे विवेकशील नेपाली दलको धारणा

नेपालको संविधानको धारा १८ को उपधारा (१), (२) र (३) मा सबै नागरिक समान हुन् भन्ने मूल अवधारणा छ । तर धारा ११ को उपधारा (७) अनुसार नेपाली ...

नेपालको संविधानको धारा १८ को उपधारा (१), (२) र (३) मा सबै नागरिक समान हुन् भन्ने मूल अवधारणा छ । तर धारा ११ को उपधारा (७) अनुसार नेपाली महिलाले विदेशी नागरिकसँग विवाहपछि जन्माएको सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था छ । नेपाली पुरुषले विदेशी नागरिकसँग विवाहपछि जन्मिएको व्यक्तिलाई नागरिकता कसरी प्रदान गर्ने भनेर व्यवस्था नराखिएकोले उक्त सन्तानले वयस्क भएपछि वंशजको नागरिकता पाउँछ । संविधानको नागरिकता सम्बन्धी व्यवस्थाले महिला र पुरुषको हकमा समान व्यवस्था नबनाई महिलालाई असमान व्यवहार गरेको स्पष्ट देखिन्छ ।  विवेकशील नेपाली दल, अहिलेको नागरिकता सम्वन्धी संसोधन विधेयकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रस्तावमा पनि असमान व्यवस्थाले निरन्तरता पाएको प्रति संघीय संसदको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, विवेकशील नेपाली दल नेपाली नागरिकहरु बीचमै गरिएको विभेदकारी व्यवस्थाको अन्त्य गर्न माग गर्दछ।

समय सापेक्ष रूपमा संसोधन हुने विधेयकले पुरानो ऐनमा रहेका कमी कमजोरीहरुलाई सच्च्याउनुपर्छ। तर यस विधेयकले झन् महिला, पुरुष र तेस्रो लिङ्गीको समानतालाई भन्दा पितृसत्तात्मक सोचलाई नै पक्षपोषण गर्दै अग्रगामी कदम भन्दा पुरातन सोचाइलाई नै बल पुर्याएको ठहर विवेकशील नेपाली दलको रहेको छ। यदि कोही यो देशको नागरिकसँग कानूनी रूपमा विवाह गरी नेपालमा बस्न आएको छ, नेपालको चलनचल्तीको प्रक्रिया अनुसार नेपाली नागरिक हुन निवेदन दिन्छ भने सो व्यक्तिलाई नेपालको नागरिक हुन वञ्चित गरिनु हुँदैन। बरु ७ वर्षको प्रावधान राख्दै नेपाली नागरिकले जोडेको सम्बन्धलाई सो समयभित्र समान सामाजिक, साँस्कृतिक र आर्थिक अधिकार प्रदान गर्दै समान समयमै नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान राख्नुपर्दछ।

अहिले प्रस्तावित विधेयकमा विवाह भएकी विदेशी महिलालाई सामाजिक, साँस्कृतिक र आर्थिक अधिकार प्रदान गर्ने भनिए तापनि ७ वर्षभित्र पतिसँग पारपाचुके वा पतिको मृत्यु हुन गएको अवस्थामा उनको अधिकार के कस्तो रहने हो भन्नेमा थप स्पष्टता ल्याउन पर्दछ। निरन्तर रूपमा ७ वर्ष नेपालमै बसिरहन पर्ने भन्ने प्रावधान व्यवहारिक छैन भन्ने हाम्रो बुझाइ रहेको छ। साथै, आवाशीय अनुमतिपत्रको कार्यान्वयनको बारेमा आवश्यक पर्ने कानून तथा नियमावलीहरू पनि उच्च प्राथमिकताका साथ काम गर्न सरकार तथा संसदको ध्यानाकर्षण गराउँछौं।

यौनिक अल्पसंख्यकले नागरिकतामा आफ्नो पहिचान खुलाउनको लागि लिंग परिवर्तनको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थाले निजले अनावश्यक प्रशासनिक झमेलाको सामना गर्नुपर्छ । उनीहरूको स्वघोषणाले लैंगिक पहिचानसहितको नागरिकता प्राप्तिको व्यवस्था गर्न मिल्ने तथा अगाडि आफूले अनुभूति गर्ने लैंगिक पहिचानसँग अमिल्दो गरी नागरिकता जारी भएको भए त्यसलाई उनीहरूको स्वघोषणामा आधारित भई एकपटकलाई परिवर्तन गर्न मिल्ने व्यवस्था राख्नुपर्छ ।

यदि कुनै पनि नेपाली नागरिक वा विदेशीले गैर कानूनी रूपमा नेपाली नागरिकता लिएको भेटिएमा - जस्तै कानून विपरीत दोहोरो नागरिकता लिएमा वा लिने कोशिस गरेमा, निजमाथि नेपालको संघीय फौजदारी अपराधका ऐनद्वारा कडा सजाय दिने प्रावधान राख्नुपर्दछ । यस्तो गैर कानूनी कार्यमा मद्दत गर्ने जो कोहीलाई पनि त्यत्तिकै कडा कारवाही हुने प्रष्ट व्यवस्था राख्न जरुरी छ।

नागरिकता सम्बन्धी बनाइने कुनै पनि ऐन कानूनहरू दूरदर्शी हुनुपर्छ र यो सबै नेपाली नागरिकलाई बराबर लागु हुनुपर्छ भन्ने विवेकशील नेपाली दल विश्वास गर्दछ। साथै, संविधानमै भएका नागरिकता सम्बन्धी विभेदहरूको बारेमा पनि छलफल प्रारम्भ गर्न अहिलेको समय उपयुक्त हो भन्ने धारणा राख्दछ ।

नेपाल आमाको जय होस् !

अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
असार ९, २०७७, मंगलवार

COMMENTS

Name

annualreport,2,blog,4,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,2,newsletter,1,policy,2,pressrelease,52,stands,10,sticky,1,update,25,video,14,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस विज्ञप्ती: नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बारे विवेकशील नेपाली दलको धारणा
प्रेस विज्ञप्ती: नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बारे विवेकशील नेपाली दलको धारणा
https://1.bp.blogspot.com/-DxzJEHtjfuk/XgWk_Y80ruI/AAAAAAAAC2w/y_QDm2OK7VU7Zk-uCZlOZjwwphCOa5PigCPcBGAYYCw/s320/Press%2BRElease.jpg
https://1.bp.blogspot.com/-DxzJEHtjfuk/XgWk_Y80ruI/AAAAAAAAC2w/y_QDm2OK7VU7Zk-uCZlOZjwwphCOa5PigCPcBGAYYCw/s72-c/Press%2BRElease.jpg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/06/citizenship.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/06/citizenship.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy