प्रेस विज्ञप्ति: एमसीसी सम्झौताबारे विवेकशील नेपाली दलको धारणा

विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एम.सी.सी) सम्बन्धी दलको राय मिति २०७६/१०/१४ विज्ञप्ति सार्वजनिक गरिसकेको भए पनि पछ...

विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एम.सी.सी) सम्बन्धी दलको राय
मिति २०७६/१०/१४ विज्ञप्ति सार्वजनिक गरिसकेको भए पनि पछिल्लो परिस्थितिमा थप प्रष्टता ल्याउन पुरानै बुझाइको निरन्तरताको रूपमा यो विज्ञप्ति सार्वजनिक गरेको जानकारी गराउँदछौँ।

विवेकशील नेपाली दल मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम.सी.सी) र नेपाल सरकार बिच भएको सम्झौता (कम्प्याक्ट) का बुँदा बुँदामा संसदले प्रस्ट व्याख्या गरी नेपाल र नेपालीको हितमा भए स्पष्ट आधार सहित आम नागरिकहरूलाई विश्वासमा लिएर पारित गर्नुपर्छ भन्ने मान्यता राख्छ। 
साथै, एम.सी.सी. का सन्दर्भमा सम्झौतारत दुवै पक्षको बुझाइमा एकरूपता ल्याउन संसद्मा अन्तिम निर्णय हुनु अगाडि नै दुई पक्ष बिच दस्ताबेजहरूको आदानप्रदान गरेर सम्झौताका विवादास्पद बुँदाहरू २.४, ५.१, ५.३, ५.५, ६.८, ७.१, अनुसूची ५ लगायतका बुँदाहरूमा स्पस्ट आधिकारिक संस्था वा प्रतिनिधिबाट व्याख्यात्मक टिप्पणी ल्याएर मात्र दफावार छलफल चलाउन माग गर्दछ। 

लोकतान्त्रिक व्यवस्थामा आधारित राज्यमा आम रूपमा तीव्र शङ्का तथा जिज्ञासाहरू उठिरहेको अवस्थामा नेपाल सरकारले तिनको व्यवहारिक सम्बोधन गर्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर निर्णय गर्नुपर्छ। 

नेपालको संविधान बमोजिम स्पष्ट परराष्ट्र नीति र सक्षम कूटनीति अनुरूप अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनुपर्छ। संविधानको दफा ५१ (ड) र नेपालले विगतमा प्रतिवद्द्ता गरे बमोजिमको छिमेकीहरूको जायज सुरक्षा चासोलाई सम्बोधन गर्दै विश्वका कुनै पनि देशसँग आपसी समझदारी र परस्पर हित अनुकूल सम्बन्ध अगाडि बढाउनुपर्छ। विगतदेखि नै नेपाललाई विभिन्न रूपमा सहयोग गर्दै आएका देशहरूसँग अझ मित्रवत् र घनिष्ठ सम्बन्ध स्थापित गर्दै विश्व शान्ति र संयुक्त राष्ट्र सङ्घको बडापत्र अनुरूप चल्न नेपाल अग्रसर हुनुपर्छ।

नेपालको विकासका सवालमा जल्दाबल्दा विषयहरू उठिरहँदा प्रस्टसँग आधिकारिक सूचना प्रवाह नभएको देखिन्छ। आम नागरिकका आकाङ्क्षाहरूलाई पूर्ति गर्न त्यही अनुरूपको आर्थिक विकास र दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्नेछ। दिगो आत्मनिर्भर अर्थतन्त्रको लागि राष्ट्रिय पुँजीको निर्माणलाई उच्च प्राथमिकता दिँदै आवश्यकता अनुरूप वैदेशिक सहयोगको निम्ति अन्तर्राष्ट्रिय सहायता परिचालन नीति, २०७६ पारदर्शी र जबाफदेही ढङ्गले लागु गरिनुपर्छ। विदेशी लगानीलाई सहज वातावरण बनाई आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नको लागि जग बसाल्नु आजको आवश्यकता हो।

वैदेशिक सहायता सम्झौताहरू अब केही सीमित सरकारी अधिकारीहरूको मात्र चासोको विषय रहेन। आम नागरिकको तहमा समेत चासो र छलफल हुनु सकारात्मक हो। यस बहसले नेपालको समग्र अन्तर्राष्ट्रिय सम्बन्धलाई समीक्षा गरी आवश्यक परे एकीकृत नीति तथा कार्ययोजना अगाडि ल्याउनु जरुरी देखिन्छ। 

सम्मानित संसदले पर्याप्त आधार सहित जनतालाई बुझाएर खारेज गरेको सन्दर्भमा नेपाली जनताको विकासप्रतिको आकाङ्क्षाहरूलाई सम्बोधन गर्न सरकारले अन्य वैकल्पिक व्यवस्थापनबाट भए पनि राष्ट्रिय गौरवका परियोजना समयमै सम्पन्न गर्न चुक्नु हुन्न। दुई पक्षीय सम्बन्ध र वैदेशिक लगानीको वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न सरकारले उचित कूटनैतिक कदम चाल्नुपर्छ। तसर्थ, राज्यले शङ्काको भरमा भन्दा पनि यथेष्ट तथ्य र तर्कको आधारमा निर्णय लिनुपर्नेमा सम्मानित संसद्लाई विवेकशील नेपाली दल ध्यानाकर्षण गराउँदछ।

तसर्थ, विवेकशील नेपाली दलले एमसीसी संसदबाट पारित हुनु वा नहुनु मात्र ठुलो विषय नभएको आम नागरिक समक्ष प्रस्ट पार्न चाहन्छ। बरु पारित भएमा कसरी सफलतापूर्वक कार्यान्वयन गर्ने र पारित नभए वैकल्पिक व्यवस्था कसरी गर्ने भन्ने विषय महत्त्वपूर्ण भएको धारणा राख्दछ । अत: सम्वृद्ध-स्वाभिमानी नेपाल बनाउन विवेकी नागरिक, सेवक सरकार र रूपान्तरणकारी नेतृत्व भए मात्र सम्भव भएको विवेकशील नेपाली दलले विश्वास गर्दछ।

अजीता राई 
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७७ साल असार ११ गते, बिहीबार

COMMENTS

Name

annualreport,2,blog,3,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,1,newsletter,1,policy,2,pressrelease,45,stands,10,sticky,1,update,26,video,15,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस विज्ञप्ति: एमसीसी सम्झौताबारे विवेकशील नेपाली दलको धारणा
प्रेस विज्ञप्ति: एमसीसी सम्झौताबारे विवेकशील नेपाली दलको धारणा
https://1.bp.blogspot.com/-AYhSVCURH2I/XntTXYIOa-I/AAAAAAAAF4M/ku5A92WNv-QmFjlb48u0j1a_kbtXHr67wCPcBGAYYCw/s320/bibeksheel-rectangle.jpg
https://1.bp.blogspot.com/-AYhSVCURH2I/XntTXYIOa-I/AAAAAAAAF4M/ku5A92WNv-QmFjlb48u0j1a_kbtXHr67wCPcBGAYYCw/s72-c/bibeksheel-rectangle.jpg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/06/press-release-mcc.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/06/press-release-mcc.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy