नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सत्याग्रहीहरु ई: र पुकार बमबीच गत असार २२ गतेका दिन भएको १२ बुँदे सम्झौताको प्रभावकारी...
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सत्याग्रहीहरु ई: र पुकार बमबीच गत असार २२ गतेका दिन भएको १२ बुँदे सम्झौताको प्रभावकारी कार्यान्वयन हुनपर्ने माग राख्दै अभियन्ताहरू ई: र समाइरा श्रेष्ठले वसन्तपुर, काठमाडौँमा दश दिन अगाडिदेखि सुरु गरेको सत्याग्रहमा विवेकशील नेपाली दल ऐक्यबद्धता प्रकट गर्दछ। उनीहरुको माग तत्काल पुरा गर्दै सत्याग्रहीहरुको जीवनरक्षाका निम्ति सरकार समक्ष जोडदार अपिल गर्दछ।
कोभिड-१९ को संक्रमण नियन्त्रणमा सरकारको भूमिकाप्रति असन्तुष्टि प्रकट गर्दै महामारी नियन्त्रणमा कुशल व्यवस्थापन र नागरिकको जीवन रक्षाको माग राखेर सत्याग्रहमा बसेका युवा प्रति राज्य र समाज संवेदनशील हुनुपर्छ।
सत्याग्रहको दशौ दिन पुग्दा समेत सरकार एवं सम्बन्धित निकायले अनशनरत युवाहरुसँग भएको सम्झौता प्रभावकारी ढंगमा कार्यान्वयन गर्न तदारुकता देखाएका छैनन् । सत्यग्रहीहरुको जीवन रक्षाका लागि सार्थक संवाद गर्न अघि सरेका छैनन्। यस्तो परिस्थितिमा विवेकशील नेपाली दल, सत्याग्रहको पक्षमा ऐक्यबद्धताका लागि सम्पूर्ण राजनीतिक दल, संघसस्था, युवाहरु, आम नागरिकहरु तथा नागरिक समाज समक्ष हार्दिक आह्वान गर्दछ।
नेपाल आमाको जय होस् !
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
२०७७/०४/१२, सोमबार
COMMENTS