प्रेस विज्ञप्ति: सत्याग्रही युवाप्रति ऐक्यबद्धता एवं जीवन रक्षाको माग

विवेकशील नेपाली दल, युवाहरुको सत्याग्रहमा ऐक्यबद्धता प्रकट गर्दछ। साथै, उनीहरुको माग तत्काल पुरा गर्दै सत्याग्रहीहरुको जीवनरक्षाका निम...


विवेकशील नेपाली दल, युवाहरुको सत्याग्रहमा ऐक्यबद्धता प्रकट गर्दछ। साथै, उनीहरुको माग तत्काल पुरा गर्दै सत्याग्रहीहरुको जीवनरक्षाका निम्ति सरकार समक्ष जोडदार अपिल गर्दछ।

कोभिड-१९ को महामारीलाई व्यवस्थित र नियन्त्रित बनाउन सरकारको पूर्व तयारी नरहेको र महामारीले विकराल रुप लिँदा समेत, सरकारले अकर्मण्यता प्रस्तुत गरिरहको र स्वास्थ्य सामग्रीको खरिदका क्रममा अनियमितता भएको सत्य उजागर नै छ। यहि पृष्ठभूमिमा स्वत:स्फूर्त रूपमा युवाहरुले "इनफ इज इनफ" अभियान संचालन गरिरहेका छन्।

मूलतः पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने, लगायतका माग राख्दै र भौतिक दूरी कायम गर्दै सडकमा सिर्जनात्मक विरोध सँगसँगै अहिले ई:, सुदन गुरुङ, सुबानी सिजापती र पुकार बम शुक्रवारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै सत्याग्रहमा बसेका छन् ।

उनीहरूमध्ये सुदन गुरुङ र सुबानी सिजापतिको स्वास्थ्य अवस्था कमजोर भइसकेको हुदा त्रिवि शिक्षण अस्पतालमा पुर्याइएका छन् र बाँकी दुई सत्याग्रहीको स्वास्थ्य स्थिति खस्कँदो अवस्थामा रहेको छ।

सत्याग्रहको सातौं दिन पुग्दा समेत सरकार एवं सम्बन्धित निकायले अनशनरत युवाहरुसँग सम्वाद गर्न र उनीहरुको मागबारे जानकारी राख्नतर्फ रुचि र अग्रसरता देखाएका छैनन्।

कोभिड—१९ को संक्रमण नियन्त्रणमा सरकारको भूमिकाप्रति असन्तुष्टि प्रकट गर्दै महामारी नियन्त्रणमा कुशल व्यवस्थापनको माग राखेर सत्याग्रहमा बसेका युवा प्रति राज्य र समाज संवेदनशील हुनुपर्छ। विवेकशील नेपाली दल, सम्पूर्ण संघ - संस्था, नागरिक समाज, युवा साथीहरु, आम नागरिकहरु लगायत सम्पूर्णमा यो अभियानमा यी युवाहरुलाई साथ दिन विनम्र अनुरोध गर्दछ।

नेपाल आमाको जय होस् !


अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
असार १८, २०७७, विहिवार

COMMENTS

Name

annualreport,2,blog,4,campaign,13,ccmember,1,debate,4,document,1,govindanarayan,1,ideology,4,interview,12,news,2,newsletter,1,policy,2,pressrelease,52,stands,10,sticky,1,update,25,video,14,ब्लग,1,
ltr
item
विवेकशील नेपाली: प्रेस विज्ञप्ति: सत्याग्रही युवाप्रति ऐक्यबद्धता एवं जीवन रक्षाको माग
प्रेस विज्ञप्ति: सत्याग्रही युवाप्रति ऐक्यबद्धता एवं जीवन रक्षाको माग
https://1.bp.blogspot.com/-AYhSVCURH2I/XntTXYIOa-I/AAAAAAAAF4M/ku5A92WNv-QmFjlb48u0j1a_kbtXHr67wCPcBGAYYCw/s320/bibeksheel-rectangle.jpg
https://1.bp.blogspot.com/-AYhSVCURH2I/XntTXYIOa-I/AAAAAAAAF4M/ku5A92WNv-QmFjlb48u0j1a_kbtXHr67wCPcBGAYYCw/s72-c/bibeksheel-rectangle.jpg
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/2020/07/press-release.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/2020/07/press-release.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy