२०६९ सालदेखि शुरु भएको विवेकशील अभियानलाई उचाइमा पुर्याई सहभागितामूलक लोकतन्त्र मार्फत लोकहितकारी नीति, नागरिक केन्द्रित सङ्गठन र नेपाली ना...
२०६९ सालदेखि शुरु भएको विवेकशील अभियानलाई उचाइमा पुर्याई सहभागितामूलक लोकतन्त्र मार्फत लोकहितकारी नीति, नागरिक केन्द्रित सङ्गठन र नेपाली नागरिकबीचबाटै आएका नेतृत्व मार्फत सबै नागरिकको मुहारमा खुसी ल्याउन विवेकशील नेपाली दल प्रतिबद्ध छ। यसै सन्दर्भमा पछिल्लोपटक रोल्पाको लिवाङमा सम्पन्न नीति सम्मेलन तथा जनकपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट प्रस्तावित नीतिपत्रहरुमाथी वृहत विमर्ष पश्चात सहभागीतामुलक लोकतान्त्रिक अभ्यासबाट विवेकशील नेपाली दलको संघीय समितिले दलको सांगठनिक राजनीतिक दस्तावेज तयार पारी आज एक अनलाईन कार्यक्रममार्फत सार्वजनिक गरेको छ । पूर्ण राजनीतिक दस्तावेज यहाँ उपलब्ध छ ।
महत्वपूर्ण कुरा त यो दस्ताबेज सम्पूर्ण सदस्यहरुको सहभागिता मार्फत निर्माण भएको छ । नागरिकको राय अनि बुद्धिजीविहरुको राय लिईएको छ। हामी यो प्रक्रियामा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छौं ।
लिंक: http://bit.ly/bnpolv1
दस्ताबेज सार्वजनिक गर्दै दलको आगामी रणनीति र कार्यनीतिबारे अध्यक्ष मिलन पाण्डेले भन्नुभएको छ, " विवेकशील नेपाली दल २१ औँ शताब्दीका नेपालीलाई प्रतिनिधित्व गरेर आम नागरिकको सपना साकार गर्न परिपक्व भएर आएको छ। ८ वर्षको वैकल्पिक अनुभवसँगै विवेकशील नेपाली दल अब वैकल्पिक राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गर्दैछौं। अब लोकतन्त्रको बाजा बजाएर रझाई गर्दै गरेको काँग्रेस अनि निम्न वर्गको नाममा महलबाट राजनीति गर्ने नक्कली कम्युनिस्टहरूको विकल्पमा विवेकशील इतिहासमै सबैभन्दा आत्मविश्वास सहित मैदानमा आएको छ।”
दस्तावेजका मुख्य बुँदाहरु:
विवेकशील नेपाली दल- पद्धति, पारदर्शिता, निष्ठा, साहस, समावेशी उत्कृष्टता, समानुभूति मूल्यमान्यतामा अडिग रहनेछ। नेतृत्व र सङ्गठनले यी मूल्यमान्यतालाई आफ्नो जीवन र व्यवहारमा उतार्ने छन्।
दलको दस्ताबेजमा परिवर्तनको र सम्वृद्धिको संवाहक ‘नागरिक’लाई मानिएको छ। नागरिक, समाज, नेतृत्व, सरकार र राज्यलाई रुपान्तरणको आधारका रुपमा स्पष्ट व्याख्या गरिएको छ।
सबै नेपाली अटाउने ‘गतिशील लोकतान्त्रिक बहुलवाद’ विवेकशील नेपाली दलको दर्शन हुनेछ।
विवेकशील नेपाली दलको ४ खम्बे सिद्धान्त रहनेछ- सहभागितामुलक लोकतन्त्र, गतिशील मध्य-मार्ग, सामाजिक न्याय र दिगो-आत्मनिर्भर अर्थतन्त्र
विवेकशील नेपाली दल इतिहासमा राज्य र तत्कालीन शासकहरुद्वारा गरिएका सम्पूर्ण दमन, उत्पीडन र विभेदका निम्ति उक्त समुदाय, वर्ग र प्रत्यक व्यक्तिहरू प्रति क्षमायाचना गर्दछ।
नेपाललाई संसारसामु ‘गुरु-राष्ट्र’ का रुपमा स्थापित गरिनेछ।
विवेकशील नेपाली दलले संघियता, धर्म-निरपक्षता र गणतन्त्रलाई थप मजबुत बनाउदैँ अघि बढ्नेछ।
राष्ट्रिय हित तथा सार्वभौमिकताको रक्षा- राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय मूल नीति र राष्ट्रिय पहिचानको जगमा बलियो राष्ट्रियता निर्माण गरिनेछ।
छिमेकीहरूसँग सम-निकटताको सम्बन्ध राख्दै सम्पूर्ण राष्ट्रहरूसँग नेपालको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नेछ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासकीय प्रणालीको वकालत गरिनेछ। राष्ट्रपतिसँगै जोडी भई निर्वाचित उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुनेछन्। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले चुनेको मन्त्रीमण्डल बन्नेछ। प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहनेछन्।
उत्पादनमुखी, उद्यमशीलता तथा रोजगारीको प्रवर्धन गर्दै नागरिक सेवा केन्द्रित विकास अवधारणा अनुरूप काम गर्नेछ।
नागरिकको आधारभूत तथा गुणस्तरीय स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र सार्वजनिक यातायात राज्यको प्रमुख दायित्व हुने, सबै नागरिकको समान पहुँच रहनेछ।
नागरिकले समयमा नै न्याय पाउने न्याय प्रणालीको निर्माण गर्ने, न्यायमा नागरिकको समान पहुँच सुनिस्चित गरिनेछ।
नेपालको संस्कृतिक विविधतालाई जोगाउनका निम्ति एक स्थानीय तहमा एक संग्रहालय संचालन गरिनेछ। नेपाली मौलिकताबारे शिक्षा अनि चेतनाको दायरा बढाउ नीति अख्तियार गरिनेछ।
महिलामैत्री समाज र राज्य स्थापित गर्न महिलाको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता गर्नेछ। कुनै पनि प्रकारको महिला हिंसा विरुद्द शून्य सहनशिलता अवलम्बन गर्दै कडा नीति अवलम्बन गर्नेछ।
विवेकशील नेपाली दलको विधानले कम्तिमा ५० प्रतिशत महिला पदाधिकारी सुनिश्चित गरेको छ।
युवालाई राजनीतिको मूलधारमा ल्याउने छ। १८ वर्ष पुगेका प्रत्येक नागरिकले जुनसुकै पदमा उठ्न पाउने नीतिको वकालत गर्नेछ। पार्टी विधानले १८-२१ ( एक महिला / एक पुरुष ) लाई पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गर्ने सुनिस्चित गरेकोछ।
विवेकशील नेपाली दलले युवालाई राजनीतिको मूलधारमा ल्याउन हरसम्भव प्रयत्नशील रहनेछ। जसका निम्ति १८ वर्ष पुगेका प्रत्येक नागरिकले जुन सुकै पद ( प्रत्येक मत हाल्न योग्य नागरिक मेयर, सांसद वा राष्ट्रपति बन्नको लागी योग्य छन् भन्ने अवधारणा अनुरुप ) मा उठ्न पाउने नीतिको वकालत गर्नेछ।
बालबालिकाको हक र हितको वकालत गर्दै बाल-अधिकारको पूर्ण प्रत्याभूति गर्नेछ।
ज्येष्ठ-नागरिकको हक-हित र सम्मानको सुनिश्चित गर्दै राज्यले आवश्यकता अनुसार व्यवस्था गर्न वकालत गर्नेछ।
सीमान्तकृत समुदायको हक-हितको लागी विशेष अधिकार र प्रतिनिधित्वको वकालत गर्नेछ।
राज्यका सार्वजनिक संस्थाहरूको संस्थागत सबलीकरण गर्नेछ। सार्वजनिक संस्थाहरुमा चरम दलीयकरण पुर्ण रुपमा बन्द गराउनेछ।
भ्रष्टाचार विरुद्द शून्य सहनशिलता अवलम्बन गर्दै कडा नीति अवलम्बन गर्नेछ।
उन्नत प्रगतिशील लोकतान्त्रिक वृहत् एवं साझा गठबन्धनको विवेकशील नेपालीले नेतृत्व गर्नेछ।
विवेकशील नेपाली दल कुनै पनि प्रकारको हिंसामा संलग्न नहुने प्रतिबद्दता व्यक्त गर्दछ।
पुरा दस्ताबेज पढ्न: http://bit.ly/bnpolv1
नेपाल आमाको जय होस्!!
नीति सचिव
संजिव भट्टराई
विवेकशील नेपाली दल
२०७७ / ०५ / ०९
COMMENTS