रौतहट जिल्लाको गरुडा नगरपालिका-८ मा भएको निरन्जन रामको विभत्स हत्या र सोही घटनाको अनुसन्धानको क्रममा विजय रामको प्रहरी हिरासतमा मृत्यु भएकोप...
रौतहट जिल्लाको गरुडा नगरपालिका-८ मा भएको निरन्जन रामको विभत्स हत्या र सोही घटनाको अनुसन्धानको क्रममा विजय रामको प्रहरी हिरासतमा मृत्यु भएकोप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। विवेकशील नेपाली दल, आम जनजीवन त्रस्त बनाएका यी घटनाहरुको बारेमा सबैले विश्वास गर्न सक्ने किसिमको अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही अगाडि बढाउदै नेपाल प्रहरी प्रतिको जनविश्वास कायम गरियोस भन्न चाहन्छ।
प्रहरी अनुसन्धानको क्रममा यातना दिन नपाइने व्यवस्थाका बाबजुद विजय रामले प्रहरी हिरासतमा निर्मम यातना भोग्नुपर्यो भन्ने कुरा मृतकका आफन्तीहरुवाट आएको छ, यदि यो साचो हो भने यो विधिविधानको अपमानका साथै गम्भीर मानव अधिकारको उल्लङ्घन हो।
विवेकशील नेपाली दल न्यायको लागि संघर्षरत रौतहटबासी नागरिकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदछ। दुबै घटनाको निश्पक्ष अनुसन्धान गरी दोषीलाई यथाशिघ्र न्यायको कठघरामा उभ्याउन गृह मन्त्रालय, अन्य सम्वन्धित निकायहरू तथा रास्ट्रिय मानव अधिकार आयोगसँग जोडदार माग गर्दै रौतहटका दलित समुदायको राज्यको न्याय व्यवस्थामाथि विश्वास गर्ने वातावरण बनोस भन्न चाहन्छ।
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल
मिति २०७७/०५/२१
COMMENTS