मार्ग दर्शन

दायित्वबोध


अरुको अधिकारको सम्मान गर्नु हरेक नागरिकको जिम्मेवारी हो। आ-आफ्‍नो कर्तव्य पालन गर्नु नागरिकको दायित्व हो। यस्ता कर्तव्य औपचारिक रुपमा कुनै पदसँग जोडिएर वा अनौपचारिक रुपमा पारिवारिक, सामाजिक र व्यक्तिगत क्रियाकलापहरुसँग जोडिएर आउन सक्छन्। सजायको डर वा कानुनको कारणले मात्र नभई भित्रैदेखि स्वविकेकले आ-आफ्‍नो कर्तव्यवोध गर्नु नागरिकको जिम्मेवारी हो। यदि बहुसंख्यक नागरिक गैरजिम्मेवार हुने हो भने त्यसको निदानको लागि राष्ट्रले गर्नुपर्ने कानुनी उपचार निम्ति जनताकै लागि उपयोगमा आउने स्रोतहरुको अनावश्यक रुपमा खर्च हुने तथा कुसंस्कारहरुले जरो गाड्ने तथ्य बुझ्नु आवश्यक छ। राष्ट्रिय स्रोतको सदुपयोग र सुंसस्कारबाट गर्दा मात्र देशको बिकास सम्भव हुन्छ।

नेपाली बन्नु भनेको नै जिम्मेवारी बोक्ने नेपाली बन्नु हो। जबसम्म नागरिकहरु जिम्मेवार हुदैनन् तबसम्म यो देश शान्त र समृद्ध कदापि हुने छैन।

उत्तरदायित्व
जब नेपालीहरु अा-आफ्ना कामकारवाहीमा जवाफदेही बन्न थाल्छन् तब उनीहरु इमान्दार, मेहनती अनि जिम्मेवार हुन्छन् । कुनै नेताले पाउने पुरस्कार वा सँजाय उसले वहन गर्ने जिम्मेवारी र कर्तव्य पालनमा निर्भर रहन्छ। नेतृत्वलाई जवाफदेही बनाउन हामी त्यसलाई नागरिकप्रति प्रत्यक्ष रूपले उत्तरदायी तुल्याउने सहज माध्यमहरू सिर्जना गर्नेछौं। शासन विधिमा हामीले नियन्त्रण र सन्तुलनका संरचनाहरू निर्माण गर्नेछौं। हामी हाम्रा सरकार, आदर्श, लक्ष्य र योजनाहरूलाई पारदर्शी बनाउन खुल्ला नीति अपनाउनेछौं‌। यसरी हाम्रो नेतृत्व नेपाली भूमि भूगोलमा मात्र सीमित नभई सारा मानवजातिप्रति नै उत्तरदायी हुनेछ।

समृद्धि
समृद्धि मानिसको आधारभूत अधिकार हो। अरू विभिन्न आधारभूत मानव अधिकारहरू सुनिश्चित गर्न समृद्धि अपरिहार्य छ। समृद्ध व्यक्तिसँग प्राय: प्रतिष्ठा र सम्मान हुन्छ किनकि उसले कसैको अगाडि हात नजोडी, भीख नमागी, अरूको अधिकार नखोसी आफू र आफ्नो परिवारको मूलभूत आवश्यकताहरू सजिलै परिपूर्ति गर्न सक्छ। उसले आफ्नो परिवारलाई उचित शिक्षा प्रदान गरी सशक्त बनाएर लोकहितमा सक्रिय रहन उत्प्रेरित गर्छ। हामी हरेक नेपाली समृद्ध भएको देख्न चाहन्छौं र यो सपनालाई साकार पार्न हामी पूर्णरूपले प्रतिवद्ध छौं। समृद्ध नेपालको लागि हामीले उद्यमशील क्रान्ति परिकल्पना गरेका छौं।

सशक्तिकरण


कुनै पनि समाज तबमात्र स्वतन्त्र र निष्पक्ष हुन्छ जब त्यो समाज सशक्त हुन्छ। हामी सशक्त भयौं भने हामीले हाम्रो अधिकार प्रयोग गर्न जान्दछौं, हाम्रो दायित्वहरू पूरा गर्न सक्नेछौं र स्वाधीनताको संरक्षण गर्न समेत सक्षम हुनेछौं। एउटा सशक्त नेपालीसँगमात्र ठीक-बेठीक छुट्याउन सक्ने विवेक, नैतिक अनुशासन एवं मूलुकको विकास गर्ने क्षमता हुन्छ। सशक्त नेपालीहरूले सरकारद्वारा नै आफ्ना सारा आवश्यकताहरू परिपूर्ति हुनुपर्दछ भन्ने अपेक्षा राख्दैनन्। बरु उनीहरुले स्थानीय समुदायहरुबीच नै सहयोग र सहकार्य हुनुपर्छ भन्ने मान्यता राख्दछन्। सशक्त नेपालीहरू ती हुन् जो बोलेर होइन, गरेर देखाउँछन्।

आफ्ना समुदायहरुलाई सारा विश्वसँग परिचित र घुलमिल गराई सशक्त बनाउन चाहिने स्रोतहरुको लगानी गर्नेछौं। यसो गर्नाले उनीहरु एक-अर्कासँग स्वाभिमानका साथ सहकार्य गर्नसक्ने हुन्छन्। यसरी विश्वसँग जोडिएका र स्थानीय तहमा सशक्त बनेका समुदायहरुले नै सुरक्षित, सफल र स्वतन्त्र नेपाल निर्माण गर्छन्।

स्वतन्त्रता
कसैको व्यक्तिगत आचार-विचार, ज्ञान वा गतिबिधिमा हस्तक्षेप गर्ने अधिकार सरकारको हुँदैन। कसैको निजी व्यक्तित्वमा जबर्जस्ती कुनै पनि धार्मिक, राजनीतिक वा नैतिक आदर्शहरू लाद्‍ने अधिकार कसैसँग हुदैन। यही नै स्वतन्त्रता हो। हाम्रा भावी सन्ततिहरूले संसारको सम्बर्धन र पर्यावरणको संरक्षण गर्नको लागि उर्जायुक्त स्वतन्त्र वातावरण बनाउनु हाम्रो जिम्मेवारी हो। स्वतन्त्रताका आधारभूत सिद्धान्तहरू – नवीनता र सिर्जनशीलतालाई कहिल्यै पनि सामाजिक वा राजनीतिक बन्देज लगाउनु हुँदैन। अभिव्यक्तिमा स्वतन्त्रता सुनिश्चित गर्नाले नै हामीलाई यस संसारमा स्वतन्त्रताका प्रबर्द्धक र संरक्षकको रूपमा चिनाउन सहयोग गर्दछन्। अन्त्यमा, स्वतन्त्रताको सही उपयोगले नै हामी स्वतन्त्र नेपाली बन्नेछौं ।

विविधता


नेपालीहरुको विविधतालाई हामी एक सुन्दर उपहारको रूपमा मान्छौं। बिगतका बिभिन्न कालखण्डमा यस विविधतालाई उचित रूपले ग्रहण नगरिएकाले नै साधन स्रोतमा उचित विभाजन र राज्यशक्तिमा उचित समावेशिता हुन सकेन। हामीले हाम्रो विविधतालाई दुरुपयोग होइन, सदुपयोग गर्नेछौं। सामाजिक कोलाहललाई अन्त्य गर्न हामी ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन केन्द्रित हुनेछौं ताकि हरेक स्थानीय व्यक्तिलाई मुलुकभरी हुने शान्तिपूर्ण, समृद्ध समाज निर्माणका कार्यमा आफू प्रत्यक्ष संलग्न भएको अनुभूति हुनेछ। हामीले हरेक नेपालीलाई समान अवसर दिनेछौं जसको परिणामस्वरूप विविधतामुलक समाजले समान लाभको उपभोग गर्न सकोस्।

विविधतामा समानता, एकताभित्र स्वाभिमान, समृद्धिका साथ शान्ति – यही हाम्रो राष्ट्रिय नारा हुनेछ । हामी योग्यतामुखी संस्कृतिलाई स्थापित गर्दै, ऐतिहासिक त्रुटिहरूलाई सँच्याउन प्रतिवद्ध छौं। हामीलाई विश्वास छ विविधताले भरिएको नेपालका जिम्मेवार नागरिकहरुले नै बलियो, एकजुट नेपाल बनाउनेछन्।

जनपक्षीय शासन


नागरिकको हितमा काम गर्ने सरकार जहिले पनि नागरिकको अस्तित्व स्वीकारी तिनीहरूसँग खुल्ला हृदयले काम गर्न चाहन्छ। एक जनमुखी, सेवा प्रदान गर्ने लोकतान्त्रिक सरकारका प्रमुख कामहरु हरेक नेपालीलाई समृद्ध हुने मौका दिनु, विधिको शासन सुनिश्चित गर्नु, तथा देश र नागरिकहरूको प्रतिष्ठा रक्षा गर्नु हुन्। सेवक सरकारको प्रमुख जिम्मेवारी भनेकै नागरिकहरूलाई राष्ट्र-निर्माण गर्ने वातावरण बनाइदिनु हो। एक प्रभावशाली सेवक सरकारले कानून र संविधानको सर्वोच्चता कायम गर्दै राष्ट्रनिर्माणमा तल्लीन नेपाली नागरिकहरुको संरक्षण गर्छ, हरेक गाउँ र शहरलाई आत्मनिर्भर वन्न बल प्रदान गर्छ अनि विवेकशील स्थानीय स्वशासन स्थापित गर्नमा सहयोग गर्छ। यस प्रकारको चुस्त सरकार उत्तरदायी एवं सेवा प्रदान गर्ने किसिमको हुन्छ।

कुनै पनि सेवक सरकार तबमात्र बलियो हुन सक्दछ, जब नेपालीहरू उसको पक्षमा एक भई उभिन्छन्। जब यसरी नेपालीहरू एक हुन्छन्, तबमात्र राज्यसत्ता यथार्थमा सेवा प्रदान गर्ने बन्न सक्दछ। यदि नेपालीहरू खण्डित र विभाजित भई बस्ने हो भने सरकार जनताको सेवक बन्नुको साटो मालिक बन्ने खतरा रहिरहन्छ । सरकार सर्वशक्तिशाली मालिक वा असक्षम व्यापारिक-रोजगार दिने संस्था कदापि हुनुहुँदैन।

समय-सापेक्षता


विश्व परिवर्तनशील छ। विगतको सय वर्षभित्रै हामीहरु पिछडिएको समयबाट आजको इन्टरनेटको युगमा आइपुगेका छौं। वरिपरिका समाजहरु समृद्ध भइरहँदा हामी मात्र अलग्गै पिछडिएर रहन सक्दैनौं। यस्तो अवस्थामा आफू-आफूमा वा अरुसँग झगडा गरी बसिराख्ने हो भने हाम्रो अस्तित्वमा नै संकट अाउँदछ। हाम्रो उद्देश्य समय-सापेक्ष सिद्धान्त, कार्य एवं प्रविधिको प्रयोगबाट आफ्ना समुदायहरुका विकास गरी विश्वसँगै काँधमा काँध मिलाउने परिस्थितिमा पुर्याउनु हो।

हाम्रा दुई छिमेकी राष्ट्रहरुसँग हामी पारस्परिक आदर र आत्मसम्मानमा आधारित सम्बन्धको पक्षमा छौं। तिनको आर्थिक सम्पन्नताको फल उपभोग गर्न हामी हाम्रो अर्थतन्त्रलाई उनीहरुको अर्थतन्त्रसँग जोड्नेछौं। हाम्रा छिमेकीहरूसँग हामीले बलियो आर्थिक सम्बन्धहरु विस्तार गर्यौं भने अतिवादी राजनीतिक, सामाजिक तथा धार्मिक तनावलाई टाढै राख्न सकिनेछ।

त्यसैले विदेश नीति पनि समयसापेक्ष रुपमा रुपान्तरण गर्नुपर्दछ। हाम्रो लक्ष्य यस्तो समाज निर्माण गर्नु हो, जसले सकारात्मक सोच र औद्योगिक कार्यहरूवाट नवीनता र सिर्जनशीलता वृद्धि गर्ने वातावरण निर्माण गर्छ । यस वातावरण निर्माणले गर्दा मानव विकासको उच्चतम् गतिसँग हाम्रो समाजले आफ्नो गति जोड्न सक्छ । हामीले समयसापेक्ष सुधारलाई अँगाल्नुपर्छ, अन्यथा हाम्रो अस्तित्व नै मेटिनेछ। त्यसैले आफ्नो विवेक प्रयोग गरी हामीले नेपाललाई खुल्ला, सुधार र विकासको बाटोमा लगिराख्छौं।
—-
हामीले यस्ता विश्वसनीय संरचनाहरू निर्माण गर्नुपर्छ जसमा एउटै नेतृत्व समूहको भर पर्नुको साँटो नागरिकहरूले बेला-बेलामा नयाँ नेतृत्व प्राप्त गर्न सकून्। हामीले नागरिकहरूलाई यति आत्मनिर्भर बनाऔं कि हाम्रा अगुवाले आफ्नो समय प्रतिभावान् नागरिकसँग मिलेर महत्त्वाकाङ्क्षी देश विकासका योजनाहरूमा व्यस्त हुन सकून्। यसरी नै बन्छ शान्त र समृद्ध, हाम्रो नेपाल ।

COMMENTS

Name

blog,3,campaign,12,ccmember,1,debate,3,document,1,govindanarayan,1,ideology,4,interview,4,news,4,policy,2,pressrelease,13,stands,10,sticky,1,update,24,video,10,ब्लग,1,
ltr
static_page
विवेकशील नेपाली: मार्ग दर्शन
मार्ग दर्शन
विवेकशील नेपाली
https://www.bibeksheelnepali.com/p/guidingprinciple.html
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/
https://www.bibeksheelnepali.com/p/guidingprinciple.html
true
1483124868892463538
UTF-8
Loaded All Posts सामग्री पाईएन! सबै हेर्न पुरा पढ्न Reply Cancel reply Delete By Home पृष्ठहरु सामग्रीहरु अरु सबै हेर्न सम्बन्धित सामग्री लेबल अर्काईभ सामग्री खोज्न यहाँ सबै सामग्री यहाँले खोज्नु भएको सामग्री भेटिएन! गृह पृष्ठमा फर्किन Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share. STEP 2: Click the link you shared to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy